कागेश्वरीको मुलपानी नगर अस्पताललाइ बोधिसत्व बिहार द्वारा स्वास्थ्य सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं जेठ २१। कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताललाई बोधिसत्व बिहार ले स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ । डाक्टर बिदुर बराल/डाक्टर पुष्पराज पौडेल र प्रमीला कार्की को संयोजन तथा कागेश्वरी मनोहरा नगरपालिका ८ निवासी समाजसेवी लायन दिपक चापागाईको समन्वयमा मुलपानी नगर अस्पताल लाई कोभिड रोकथाम र उपचारको लागी आवश्यक पर्ने oxygen concentrator 5वटा, पिपीई सेट, अक्सीमिटर, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु एक कार्यक्रमका बीच नगर प्रमुख कृष्णहरि थापाको उपस्थितिमा हस्तान्तरण गरिएको लायन दिपक चापागाईले कपन अनलाइनलाइ जानकारी गराए।
नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरेको संस्थाले जनाएको छ । सामग्री बुझ्दै नगर प्रमुख कृष्णहरि थापाले विषम परिस्थितिमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए।
उनले कोरोना भाइरस को महामारीको बेलामा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने भन्दै प्राप्त oxygen concentrator सहितका स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको उपचार गर्न सहज बिश्वास ब्यक्त गरेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको उक्त मुलपानी नगर अस्पतालमा कोरोना संक्रमितहरुको उपचार गरिदै आएको छ ।