एकतावद्ध नेकपा एमालेका लागि दुवै पक्षले अतिवाद छोड्नु पर्छ : निर्मल कुइकेल
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
नेकपा एमालेका नेता निर्मल कुइकेलले नेकपा एमालेका देखिएको विवाद समाधान गर्दै एकतावद्ध पार्टी निर्माणका लागि दुवै पक्षले अतिवाद छोड्नुपर्ने बताएका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका पुर्व अध्यक्ष कुइकेलले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा अहिले देखिएको विवाद समाधानका लागि दुवै पक्षले आन्दोलन प्रति इमान्दार भएर लचक हुनुपर्ने धारणा राखेका छन।
२०७० शालको संविधान सभा निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको तर्फ बाट उम्मेदवार रहेका कुइकेलले नेकपा एमालेको सुनौलो भविष्यका लागि विवादमा रहेका दुवै पक्षले एकता विरोधी गतिविधि रोक्नुपर्ने अहिलेको आवस्यकता रहेको बताएका छन।
अहिलेको नेकपा एमालेमा देखिएको विवादले देश , सिङ्गो कम्युनिस्ट आन्दोलन र लाखौ नेता तथा कार्यकर्ताहरुको भविष्य दाउमा लागेको बताउदै भर्खरै कोरोना पराजित गरेका कुइकेलले कुनै पनि मुल्यमा पार्टी एकता कायम राख्नका लागि अपिल गरेका छन।