Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/189705763_2893314154256755_7214954767100567152_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/24301287_10155974795091834_8942080440815569883_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जनप्रतिनिधिको सक्रियतामा जोरपाटीमा निर्मित खाङ्ग्री आइसोलेसन वार्डलाइ ह्याल्मो मिडिया ग्रुपको सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ १३ ।गोकर्णेश्वर नगरपालिका जोरपाटीको  खाङ्ग्री अन्तराष्ट्रीय अस्पतालमा  जनप्रतिनिधिको सक्रियतामा  १२ शैयाको निशुल्क आसोलेसन केन्द्र संचालन हुदै आएको छ ।विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि बाग्मति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा सहित गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालको  समन्वय  तथा सहानुभूति नेपालको विशेष सहयोगमा मिति २०७८/०१/२७ गते देखि खाङ्ग्री अन्तराष्ट्रीय अस्पतालमा १२ शैयाको अक्सिजन, स्वास्थ्यकर्मी र खाना सहित निशुल्क आइसोलेसन वार्ड संचालन हुँदै आईरहेको हो।

विभिन्न जिल्लाबाट काठमार्डौ आई कोठमा बसोबास गरिरहेका व्यक्ति संक्रमित भएमा उनिहरुलाई होम आईसोलेशन बस्न समस्या हुने भएकाले उक्त आइसोलेशन केन्द्र निर्माणको लागि पहल गरिएको प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले जानकारी गराए। उनका अनुसार हाल उक्त आइसोलेसनमा ७ जना “कोविड-१९”का संक्रमितहरु उपचार गराईरहेको पनि जानकारी गराए ।आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको जानकारी गराउदै बुधबार उक्त आइसोलेसन केन्द्रलाइ ह्योल्मो मिडिया ग्रुप तथा हिल-नेपाल संस्था द्वारा ५ थान अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्रीहरु समेत प्रदान गरिएको जानकारी गराए ।

आर्थिक अवस्था कमजोर भएका र न्यून आय भएका ब्यक्तिहरुलाई लक्षित गरि उक्त आइसोलेसन संचालन गर्दै आएको जानकारी दिदै त्यस्ता ब्यक्तिहरु अक्सिजन र उपचारको अभाबमा  ज्यान गुमाउन नपरोस् भनेर पहल गरिरहेको बताए। साथै  आर्थिक अवस्था कमजोर भएका  कोरोना संक्रमितलाइ   आइसोलेसन वार्ड चाहिए निम्न नम्बरमा सम्पर्क गर्न सकिने पनि उनले जानकारी गराए ।

तुलसी श्रेष्ठ

सहानुभूति नेपाल अध्यक्ष

९८६३३२२७९३ 
तपाइँको प्रतिक्रिया ।