अज्ञात समूह द्वारा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को वडा कार्यालय तोडफोड
कपन अनलाइन
काठमाडौं जेठ १३ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० को कार्यालय तोडफोड गरिएको छ ।वडा अध्यक्ष नवराज भट्टराईका अनुसार र बुधबार साँझ करिब ७:३० बजे तिर वडा कार्यालय अगाडी ३ जना ब्यक्तिहरुले प्रतिगमन मुर्दाबादको नारा लगाउदै टायर बालिरहेको अबस्थामा आफु सहित स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिए संगै प्रहरीलाइ खबर गरेको उनले बताएका छन् ।उनका अनुसार केहि दिन अघि पनि बुढानिलकण्ठ नगरपालिका वडा नं १० को नारायणचोकमा प्रतिगमन मुर्दाबादको नारा सहित टायर बालिएको थियो ।
हिजो सांझ वडा कार्यालय अगाडी टायर बालि अज्ञात समूह ले प्रतिगमन मुर्दाबादको नारा लगाउदै गर्दा आफु पुगेपछि तत्काल त्यी ब्यक्ति फरार भएको र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिएको जानकारी गराएका छन् । आगो नियन्त्रणमा लिए संगै प्रहरीलाइ खबर गरि आफु घर फर्केको र आज कार्यालय समयमा कार्यालय खोल्दा कार्यालयको शिशा फोडिएको पाइएको हुँदा उक्त कार्यको घोर भर्त्सना गर्दै वडा अध्यक्ष भट्टराईले सत्य तथ्य निस्पक्ष छानबिन गरि सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कार्यबाहिको माग गरेका छन्