शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २५२ जना पुग्यो, वडा गत बिवरण सहित
कपन अनलाइन
काठमाडौं जेठ १०। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ ९ गते सम्ममा १११ जना महिला र १४१ जना पुरुष गरि कुल २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ६७ जना महिला र ९२ जना पुरुष गरि १५९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ७ जना पुरुष र ५ जना महिला गरि १२ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ३९ जना महिला र ४२ जना महिला गरि ८१ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म ६५ जना महिला र ७८ जना पुरुष गरि कुल १४३ जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र १४ जना पुरुष गरि कुल १७ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?
वडा नं १ मा ७ महिला र १५ पुरुष गरि कुल २२ जना
वडा नं २ मा ९ महिला र ११ पुरुष गरि कुल २० जना
वडा नं३ मा १० जना महिला र २१ जना पुरुष गरि कुल ३१ जना
वडा नं ४ मा १२ जना महिला र १० जना पुरुष गरि कुल २२ जना
वडा नं ५ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना
वडा नं ६ मा २८ जना महिला र १७ जना पुरुष गरि कुल ४५ जना
वडा नं ७ मा १३ जना महिला र १८जना पुरुष गरि कुल ३४ जना
वडा नं ८ मा ४ जना महिला र ८ जना पुरुष गरि कुल १२ जना
वडा नं ९ मा ११ जना महिला र १९ जना पुरुष गरि कुल ३० जना त्यसै गरि अन्यमा ६ जना महिला र १० जना पुरुष गरि कुल १६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ४५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन।