हाल सम्म गोकर्णेश्वर नगरपालिकाका एक हजार २५ जनाले कोरोना जिते

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका एक हजार २५ जनाले कोरोना जिते

काठमाडौं, जेठ १० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ९ गते सम्ममा ८८४ जना पुरुष र ७५३   जना महिला गरि कुल १६३७  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये  ५७९ जना पुरुष र  ४४६   जना महिला गरि कुल १०२५ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  १९ जना पुरुष र १४ जना महिला गरि कुल ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २८६ जना पुरुष र २९३ जना महिला गरि कुल ५७९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।

हाल सम्म ९जना पुरुष र१९ जना महिला गरि कुल २८जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २७० जना पुरुष र २६७ जना महिला गरि कुल ५३७ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा  ३५६  जना पुरुष र ४४२  जना महिला गरि कुल ७९८ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५९ जना पुरुष र ८७ जना महिला गरि १४६ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २०८४ जना पुरुष र १९०६ जना महिला गरि कुल ३९९० जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।