गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १६ सय ३७ पुग्यो, कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौँ, जेठ १० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ९ गते सम्ममा ८८४ जना पुरुष र ७५३ जना महिला गरि कुल १६सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३१ जना पुरुष र २६ जना महिला गरि कुल ५७ जना
वडा नं २ मा ३६ जना पुरुष र ३० जना महिला गरि कुल ६६ जना
वडा नं३ मा ४१ जना पुरुष र २५ जना महिला गरि कुल ६६ जना
वडा नं ४ मा १३० जना पुरुष र ११६जना महिला गरि कुल २४६ जना
वडा नं ५ मा १६८ जना पुरुष र १२५ जना महिला गरि २९३ जना
वडा नं ६ मा १९१ जना पुरुष र १३५ जना महिला गरि ३५६ जना
वडा नं ७ मा ६४ जना पुरुष र ६८ जना महिला गरि कुल १३२ जना
वडा नं ८ मा १७५ जना पुरुष र १५२ जना महिला गरि कुल ३२७ जना
वडा नं ९ मा ४८ जना पुरुष र ४६ जना महिला गरि कुल ९४ जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ३५६ जनामा कोरोना संक्रमित भेटिएको छ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।