देशभरका ३५ अस्पतालमा आइसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट जडानका लागि २ अर्ब ९३ करोड
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ९।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३५ वटा अस्पताललाई आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट जोड्न बजेट विनियोजन गरेको छ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ३५ अस्पताललाई आइसियू, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक जोड्न २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन ।
यी ३५ असपतालमा पूर्वाधारमा बजेट व्यवस्था गरिएको छ :
१.कोसी अस्पताल – ६ करोड ८० लाख
२.विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – १८ करोड ८० लाख
३.गजेन्द्र नारायण अस्पताल – ३ करोड ८० लाख
४.नारायणी अस्पताल -९ करोड ८० लाख
५.भरतपुर अस्पताल – ९ करोड ८० लाख
६.प्रसुति गृह – ६ करोड ८० लाख
७.वीर अस्पताल – ३० करोड ८० लाख
८.गंगालाल अस्पताल – ८० लाख
९.ट्रमा सेन्टर – ९ करोड
१०.मनमोहन कार्डियो – ८० लाख
११.नेपालमा प्रहरी अस्पताल -९ करोड ८० लाख
१२.एपिएफ अस्पताल – ९ करोड ८० लाख
१३.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल – ३ करोड
१४.विरेन्द्र अस्पताल – ९ करोड
१५.सिभील अस्पताल -६ करोड ८० लाख
१६.कान्ति बाल अस्पताल – ६ करोड ८० लाख
१७.पाटन अस्पताल – १२ करोड ८० लाख
१८.टिचिङ अस्पताल – १२ करोड
१९.भरतपुर अस्पताल – ८० लाख
२०.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड ८० लाख
२१.जिपी कोइराला अस्पताल – ९ करोड
२२.राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान – ९ करोड
२३.भेरी अस्पताल – १५ करोड
२४.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८० लाख
२५.डडेलधुरा अस्पताल – ६ करोड ८० लाख
२६.मेची अस्पताल – ९ करोड
२७.प्रादेशिक अस्पताल जनकपुर – ९ करोड ८० लाख
२८.भक्तपुर अस्पताल – ३ करोड ८० लाख
२९.बागलुङ अस्पताल – ३ करोड
३०.भीम अस्पताल – ३ करोड ८० लाख
३१.लुम्बिनी प्रादेशिक अस्पताल – ९ करोड ८० लाख
३२.सुर्खेत प्रादेशिक अस्पताल – १२ करोड ८० लाख
३३.सेती प्रादेशिक अस्पताल – ६ करोड ८० लाख
३४ .महाकाली अस्पताल – ९ करोड ८० लाख
३५.धुलिखेल अस्पताल – ६ करोड ८० लाख