नेकपा एमालेको पार्टी एकता जोगाउन सुर्य चिन्हमा मतदान गरियो: केशव प्रसाद पोखरेल

नेकपा एमालेको पार्टी एकता जोगाउन सुर्य चिन्हमा मतदान गरियो: केशव प्रसाद पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ७।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ९ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य केशव प्रसाद पोखरेलले पार्टी एकता कमजोर बनाएर कसैलाई पनि फाइदा नपुग्ने भएकोले सुर्य चिन्हमा मतदान गरेको बताएका छन।

बागमती प्रदेसमा भएको रास्ट्रिय सभाको उपनिर्वाचनमा सुर्य चिन्हमा मतदान गरेको आफ्नो सामाजिक संजालमा उलेक्ख गर्दै उनले लामो  समयदेखी अनवरत पार्टी कार्यकर्ता भएको नाताले पार्टी कमजोर गराउने गतिबिधी स्विकार्न नसकको धारणा राखेका छन।

नेकपा एमालेकी नेतृ अस्टलक्ष्मी शाक्य मन्त्रि हुँदा उनको स्वकीय सचिव समेत रहेका पोखरेलले रास्ट्रिय सभा   उपनिर्वाचनमा उनको साथ छोड्दै  नेकपा एमालेमा विभिन्न अबसरबाद हाबी हुंदा गुटबन्दी सिर्जना भएको बताएका छन।

पोखरेलले सामाजिक संजालमा राखेको सन्देस :

नेकपा स्थापना देखिनै कहिले सैद्धान्तिक कहिले कार्यशैली र नेतृत्व ब्यबस्थापन अनि कहिले विभिन्न अबसरबाद हाबी हुंदा गुटबन्दी भएका र समाधान अनि बिभाजन भएको पढ्दै सुन्दै अनि भोग्दै पनि आएको अबस्था हो।विभिन्न कालखण्ड र घटनाबाट जोगांउदै बोक्दै बाम आन्दोलनलाई यहाँ सम्म ल्याउने नेतृत्व गण पनि लगभग यहि हो।

सरकारमा लगभग २ तिहाइ नजिक पुगेकोमा मुलत सैद्धान्तिक भन्दा पनि अन्य कारण ले यसपाली तिब्र समस्या देखिनु र नेकपा एमाले बिभाजनको संघारमै पुग्नु अत्यन्तै दुखद हो। पार्टी भित्रको समस्या अन्तर्संघर्ष वा अरु बिधिबाट समाधान हुनुपर्ने हो।

तर समाधान कार्यदल बनेर कार्य गरिरहेकै अबस्थामा बागमती प्रदेशमा रिक्त रास्ट्रीय सभाको १ सिटमा दुइटै उम्मेदवार खडा भएपछी पार्टी कमजोर बनाएर कसैलाई नि फाइदा नहुने निचोड सहित पार्टीको चिन्ह सुर्यमा मतदान गरियो।किनकी म नेकपा एमाले र माओबादी केन्द्रको तालमेलमा सुर्य चिन्ह बाट निर्बाचित भएको अनि लामै समयदेखी अनबरत पार्टी कार्यकर्ता भएको नाताले पार्टी कमजोर गराउने गतिबिधी स्विकार्न सकिएन ।

जन अभिमत पनि तेहि हो। पार्टी भित्र विभिन्न मुद्दाहरु र संगठन संचालन र सबै साथिहरुलाइ जिम्मा दिने सबालमा थुप्रै मतभिन्नताहरु छन ।मेरा पनि छन। पार्टी भित्रै बसेर तेस्ता समस्या समाधान गराउन लागौं।पार्टीलाई बिभाजनमा नलान र बाम आन्दोलनलाई तहस नहस हुन नदिन फरक समूहका नेता कमरेडहरुलाइ बिनम्र आग्रह गर्दछु। एकताबद्ध एमाले बनाउन सबै जुटौं। अहिले सबै मिलेर कोभिडलाई जित्नुछ।

 

तपाइँको प्रतिक्रिया ।