गोकर्णेश्वर नगरपालिकाका ६५२ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं ,जेठ ४। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३ गते सम्ममा ६३२ जना पुरुष र ४८३ जना महिला गरि कुल १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ३७२जना पुरुष र २८० जना महिला गरि कुल ६५२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।हाल सम्म नगरपालिकाका १३ जना पुरुष र ८ जना महिला गरि कुल २१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २२५ जना पुरुष र १७४ जना महिला गरि कुल ३९९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएका छन् ।
हाल सम्म २ जना पुरुष र ५ जना महिला गरि कुल ७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २१९ जना पुरुष र १६४ जना महिला गरि कुल ३८३ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा ३३४ जना पुरुष र ४०७ जना महिला गरि कुल ७७३ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५६ जना पुरुष र ७६ जना महिला गरि १३२ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले ३७६५जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।