गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११ सय १५ पुग्यो
कपन अनलाइन
काठमाडौं जेठ ४। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३ गते सम्ममा ६३२ जना पुरुष र ४८३ जना महिला गरि कुल १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित ?
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २० जना पुरुष र ९ जना महिला गरि कुल २९ जना
वडा नं २ मा ३२ जना पुरुष र १७ जना महिला गरि कुल ४९जना
वडा नं३ मा २९ जना पुरुष र १३ जना महिला गरि कुल ४२ जना
वडा नं ४ मा १०० जना पुरुष र ७७ जना महिला गरि कुल १७७ जना
वडा नं ५ मा १२३ जना पुरुष र ९२ जना महिला गरि २१५ जना
वडा नं ६ मा १२३ जना पुरुष र १०४ जना महिला गरि २२७ जना
वडा नं ७ मा ५२ जना पुरुष र ४७ जना महिला गरि कुल ९९ जना
वडा नं ८ मा ११८ जना पुरुष र ९९ जना महिला गरि कुल २१७ जना
वडा नं ९ मा ३५ जना पुरुष र २५जना महिला गरि कुल ६० जना संक्रमित रहेको जनाएको छ।
हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २२७ जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।