दक्षिणकाली नगरपालिका प्रमुख तथा उप-प्रमुखद्वारा प्रयोग गर्दै आएको गाडी संक्रमितको सेवामा

दक्षिणकाली नगरपालिका प्रमुख तथा उप-प्रमुखद्वारा प्रयोग गर्दै आएको गाडी संक्रमितको सेवामा

कपन अनलाइन

काठमाडौँ, जेठ २ ।  दक्षिणकाली नगरपालिका  प्रमुख मोहन बस्नेत र उप-प्रमुख बसन्ती डंगोल  तामाङ द्वारा नगरपालिकामा आफूहरुले प्रयोग गर्दै आएको  गाडी कोभिड संक्रमण अवधिभर  कोरोना संक्रमितलाई एम्बुलेन्सको रुपमा शुक्रबारबाट प्रयोग गर्ने घोषणा गरेका छन ।नगरपालिकामा कोरोना संक्रमितको संख्या बढे संगै  संक्रमितलाइ अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी प्रदान गरेको जानकारी दिएका छन।

उप-प्रमुख बसन्ती तामाङले कोरोना  संक्रमित तथा दीर्घ रोगीहरुको लागि थप सहयोग पुगोस् भनेर आफुले चढ्दै आएको गाडी जनाताको सेवामा दिन लागेको जानकारी दिईन। अहिलेको विषम परिस्थितिमा एम्बुलेन्स सहजरुपमा नपाईएका कारण कोरोना संक्रमितलाई एम्बुलेन्सको रुपमा गाडी प्रयोगमा दिने घोषणा गरेको   कपन अनलाइनलाइ जानकारी गराइन ।साथै उक्त गाडी आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेकी छिन ।राजु खड्का : ९८४१०४६३०४ ,नरेन्द्र तामाङ : ९८०३४६००२९

 

 

 

तपाइँको प्रतिक्रिया ।