महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउछौ : प्रधानमन्त्री ओली

महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउछौ : प्रधानमन्त्री ओली
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् ।

‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।

महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताउदै उनले  यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशन समेत दिएका थिए  ।

सो अवसरमा  प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड-१९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।