कोरोना विरुद्ध खोप नलगाएकाहरु संग खोपका लागि अनलाइन आवेदन माग

कोरोना विरुद्ध खोप नलगाएकाहरु संग खोपका लागि अनलाइन आवेदन माग
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१ ।
कोरोना विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुले खोपका लागि आवेदन दिन सक्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड -१९  भ्याक्सिनको कुनै पनि डोज नलगाउने नागरिकका लागि ‘कोभिड -१९ पहिलो डोजको स्वैच्छिक आवेदनकोव्यवस्था गरिएकोछ।इच्छुक आवेदकले तलको लिंकमा गएर आवेदन दिन सक्नेछन :

यो फारम किन भर्ने ?

१) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न

२) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो

३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ

४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ

५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन

तपाइँको प्रतिक्रिया ।