शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १२७ पुग्यो, १८ जना संक्रमण जितेर घर फर्किए
कपन अनलाइन
काठमाडौं, बैशाख ३० । शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि बैशाख २९ गते सम्ममा ५९ जना महिला र ६८ जना पुरुष गरि कुल १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ५० जना महिला र ५६ जना पुरुष गरि १०६ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा १ जना पुरुष र २ जना महिला गरि ३ जनाको कोरोनको कारण मृत्यु भएको छ भने ८ जना महिला र १० जना महिला गरि १८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।हाल सम्म ४४ जना महिला र ५- जना पुरुष गरि कुल ९४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना महिला र ६ जना पुरष गरि कुल १२ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।
कुन वडामा कति संक्रमित?
वडा नं १ मा ३ महिला र ६ पुरुष गरि कुल ९ जना
वडा नं २ मा १ महिला र ३ पुरष गरि कुल ४ जना
वडा नं३ मा ३ जना महिला र ५ जना पुरुष गरि कुल ८ जना
वडा नं ४ मा ७ जना महिला र ६ जना पुरुष गरि कुल १३ जना
वडा नं ५ मा ३ जना महिला र ३ जना पुरुष गरि कुल ६ जना
वडा नं ६ मा १७ जना महिला र १४ जना पुरुष गरि कुल ३१ जना
वडा नं ७ मा १२ जना महिला र १० जना पुरुष गरि कुल २२ जना
वडा नं ८ मा ३ जना महिला र ४ जना पुरुष गरि कुल ७ जना
वडा नं ९ मा ८ जना महिला र १२ जना पुरुष गरि कुल २० जना त्यसै गरि अन्यमा २ जना महिला र ५ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।