गोकर्णेश्वर नगरपालिकाका ४५५ जनाले कोरोना जिते
कपन अनलाइन
काठमाडौं, बैशाख ३०। गोकर्णेश्वर नगरपालिकाका ४५५ जनाले कोरोना जितेका छन। गोकर्णेश्वर नगरपालिकामा २०७८ साल बैशाख २६ गते सम्ममा कुल ८३६ संक्रमित मध्ये २५९ जना पुरुष र १९६ जना महिला गरि कुल ४५५ जनाले कोरोना जितेको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ। नगरपालिकामा २०८ जना पुरुष र १९६जना महिला गरि कुल ३६७ जना सक्रिय संक्रमित रहेका छन् भने हाल सम्म ११जना पुरुष र ३ जना महिला गरि कुल १४ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।
त्यसैगरि २०२ जना पुरुष र १५१ जना महिला गरि कुल ३५३ जना होम आइसोलेसनमा रहेको र ३ जना पुरुष र ६ जना महिला गरि कुल ९ जना अस्पतालको आइसोलेसनमा रहेको पनि जानकारी गराएको छ। हाल सम्म नगरपालिकाले ३००जना पुरुष र ३४९ जना महिला गरि कुल ६४९जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरेको छ। एन्टीजेन परिक्षण गर्दा ४० जना पुरुष र ४७ जना महिला गरि कुल ८७ जनामा कोरोना पोजेटिभ देखाएको जानकारी गराएका छन।
त्यसै गरि नगरपालिकाले हाल सम्म १७९४ जना पुरुष र १६५२जना महिला गरि कुल ३४४६ जनाको पि सी आर परिक्षण गरेको जनाएको छ । कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।