पुष २८ गते प्रथम नगर परिषद्को सार्वजनिकरण, कपन अनलाइनले प्रत्यक्ष प्रशारण गर्ने
कपन अनलाइन\पुस २६, २०७१
पुष २६ गते शनिवार नवगठित बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर परिषद्ले निर्णय गरेका नगरका नयाँ योजना र नीतिलाई पुस २८ गते एक विशेष कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिने भएको छ । साविक ६ वटा गाविस मिलाएर बनाइएको यो नगरपालिकको देशकै सबैभन्दा ठूलो नगरपालिका हो । जनसंख्याको आधारमा बुढानीलकण्ठ नगरपालिका देशको सबैभन्दा ठूलो नगरपालिका हुन पुगेको हो । प्रशिद्ध बुढानीलकण्ठ मन्दिरको नामबाट नामकरण गरिएको यस नगरले शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको प्रमुख हिस्सा ओगटेको छ । शिवपुरी क्षेत्रमा रहेको खानेपानीको मुहान पनि यसै नगरमा पर्दछ । प्राकृतिक, भौगोलिक एवम् सामाजिक हिसाबले पनि अत्यन्त सम्भावना रहेको सहरको रुपमा यस नगरपालिकालाई लिइने गरिएको छ ।
१७ वटा वडामा बिभाजन गरिएको नगरको प्रथम नगरपरिषद्सँगै दुईवटासम्म नयाँ वडा थपिने सम्भावना पनि रहेको बताइन्छ । अन्य कतिपय नवगठित नगरपालिकामा नागरीक वडा मञ्च गठनमा बिबिध ढिलाई भैरहेको अवस्थामा देशकै धेरै जनसंख्या भएको यस नगरले सबै वडामा सहजप्रकारले नागरीक वडा मञ्च गठन गरिसकेको छ । पुस २८ गते सोमबार बिहान ८ बजे गोल्फुटारमा हुने बुढानीलकण्ठ नगरपालिकाको ऐतिहासक प्रथम नगर परिषद्को कपन अनलाइनले प्रत्यक्ष प्रशारण गर्नेछ ।