गोकर्णेश्वर नगरपालिकाका २८८ जनामा कोरोना संक्रमण पुष्टि (वडागत बिवरण सहित )
कपन अनलाइन
काठमाडौँ, बैशाख २० ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ बैशाख १९ गते सम्ममा १७० जना पुरुष र११ ८ जना महिला गरि कुल २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।
गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति कोरोना संक्रमित :
गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १० जना पुरुष र ४ जना महिला गरि कुल १४ जना संक्रमित रहेका छन
वडा नं २ मा १४ जना पुरुष र ४ जना महिला गरि कुल १८ जना संक्रमित
वडा नं३ मा ५ जना पुरुष र २ जना महिला गरि कुल ७ जना संक्रमित
वडा नं ४ मा १५ जना पुरुष र १० जना महिला गरि कुल २५ जना संक्रमित
वडा नं ५ मा ४३ जना पुरुष र २४ जना महिला गरि ६७ जना संक्रमित
वडा नं ६ मा ३३ जना पुरुष र३४ जना महिला गरि६७ जना संक्रमित
वडा नं ७ मा १८ जना पुरुष र २० जना महिला गरि कुल ३८ जना संक्रमित
वडा नं ८ मा २४ जना पुरुष र १४ जना महिला गरि कुल ३८ जना संक्रमित
वडा नं९ मा ८ जना पुरुष र ६ जना महिला गरि कुल १४ जना संक्रमित रहेको जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन् ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।