यस्तै छ : शुुलभ भारती (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
म चुप लागेर आफैसङ्ग जोर–जोरले कराउदो रहेछु
येस्तो होइन तेस्तो होइन आफ्नो बिचार लेख्दो रहेछु
मन्दिरको –घन्टि देखि सुरु गर्छु, ट्याङ्राङ टुङरुङ
कन्डक्टरले बोलाउँछ मलाइ लगनखेल–लगन्खेल,
काठमाडौं – भक्तपुर ?
बढेमानको साढेको स्वां–स्वां चोकको तरकारी मण्डिमा छ
आलै जल्दैको शरीरमा वाफ्फिदो तातो तेल छ ।
बरु जनावर सोम्य हुदा रहेछन भए क्रान्तिकारी मान्छे जस्तो
न बाच्थे होला जुलिसमा म हो तेस्कै लागि लेखिराको ।
दिदै पनि मान्छे छन भिक माग्दै पनि मान्छे
पुण्य पनि मान्छे गर्छन यहाँ हत्यारा पनि मान्छे
हत्या हुन्छ काण्ड हुन्छ दरबारको पनि सट्टा हुन्छ
एउटा राजाको महान निवास सङ्रालयको टिकटमा बिक्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।