नयाँ बर्ष : थरेन्द्र बराल (कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ११।
मलाई बारी नखना
भात खाने नबना
सुँगुर जस्तो सुत्न दे
कुकुर जस्तो भुक्न दे
तँ कुति कुति भन
म पुच्छर हल्लाउदै तेरो पाउ पर्छु
टोक भन्छस् कि ठोक् भन्छस्
टोक भने टोक्छु ठोक भने ठोक्छु
यो तालमा नमिलेको गीत धेरै सुनियो
सुन्दा सुन्दैत कति पटक कान थुनियो
कति सुन्नु हो तालमा नमिलेको थोत्रे गीत
कति लाउनु हो ड्रामसेटको डङडङमा
सारङ्गी र बाँसुरीले नकच्चरो प्रित
पोहोर आउने नयाँ बर्षले
लकडाउको गीत लियेर आयो
येस्पाली राजनीतिको फोहोर धोक्रा भरि
लियेर गयो
बुझ्, येसैले
भो मलाई बारि नखना
भात खाने नबना
सुँगुर जस्तो सुत्न दे
कुकुर जस्तो भुक्न दे ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।