साधना साहित्य मञ्चको चौथो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

साधना साहित्य मञ्चको चौथो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ , चैत्र २३।

साहित्यिक संस्था  साधना साहित्य मञ्चको चौथो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कायक्रम सम्पन्न भएको छ।

चैत २१ गते शनिबारका दिन नेपाल प्रजा प्रतिष्ठानको हलमा  संस्थाकी उपाध्यक्ष अजिता दाहाल क्रान्तिको सभापतित्वमा रहेको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार चन्द्र प्रसाद न्यौपाने रहेका थिए।

त्यस्तै सो कार्यक्रममा  साहित्यकारहरू प्रा.डा गार्गी शर्मा, डा.बिदुर चालिसे, कवि तथा समालोचक नेत्र एटम , र गजलकार पोष्टराज चापागाईं अतिथि रहेका थिए।

“सृजना हाम्रो हरपल नौलो” भन्ने मूल नारा बनाएको यस संस्थाको वार्षिकि समारोह अवसरमा दर्जन बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए।

साहित्यका जुनसुकै विधामा कलम चलाएपनि नेपाली भाषा साहित्यलाई न्याय दिँदै जगेर्ना गर्नुपर्ने र स्रष्टाहरूलाई प्रोत्साहन गर्नुपर्ने मै जोड दिइएको कार्यक्रममा  प्रमुख अतिथि न्यौपानेले आफूले गरेको योगदानलाई जानकारी सहितको भूमिका बाँधेर जुनसुकै लेखनगर्दा अध्ययन गर्नुपर्ने जरुरत भएको बताउँदै त्यसबाट अरू भन्दा पृथक बन्नुपर्ने धारणा राखेका थिए ।

संस्थाकी कोषाध्यक्ष उमा दाहालले  स्वागत मन्तव्य कार्यक्रमको संचालन संस्थाकी  सदस्य रीता दाहालले गरेकी थिइन् भने वार्षिक प्रतिबेदन संस्थाकै सक्रिय सदस्य साईमना श्रेष्ठले गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।