सिन्धुको परिचय र नदीहरू : बालकृष्ण दंगाल (कविता )
दुधपोखरी मुहान हुँदै बग्दै आउने खोला रोजिएको ।
त्यै पानी काठमाडौं वासीलाई, ख्वाउनलाई ल्याउन खोजिएको ।
मेलम्ची खोलाको पानी राख्नलाई, बन्दैछ ठूलो ढल ।
काठमाडौं बासीलाई ख्वाउन, आउँदैछ ढलमा पानी सलसल ।।
मेलम्ची खोला बगी रहेछ तल, हेर कस्तो निश्चल जल ।
देखिन्छ मोतीका दाना जस्तो, खान लाएक कल कल ।।
आउँदछ पानी सिर सुन्दरी, जल भन्दा तल तल ।
बन्दैछ ट्याँङ्की धेरै, बाँडिन्छ सारा जल सबै घर ।।
ईन्द्रावती खोला बगी रहेछ, हेर कस्तो निश्चल जल ।
नदीको ढुङ्गा, बालुवा, सवै खाए सल सल ।।
ढुँङ्गा बालुवा सवै झिकी दिए, खोला पुगीन तल तल ।
खेतमा लगाउने कुलै छैन, किसानी जती परे अलमल ।।
खोला नाला धेरै ठाउँमा, राखि दिए क्रसर ।
खोला गैरि दिनाले, सबैलाई पुग्न गयो असर ।।
कहिले वारी कहिले पारी, खाई हिड्थिन् धान ।
शक्तिशाली नदीको नै, गिराई दिए नाम ।।
बुझ्न केहि मनलाग्यो, आज सम्झी तिमीलाई ।
मेलम्ची खोलाको पानी भनी, राख्न दियौ खुलाई ।।
सिन्धुको परिचय लिन खोज्ने, किन्तु सिन्धु नटेक्ने ।
सिन्धु टाँस्ने सिर उपरमा, किन्तु सिन्धु हट्ने नभेटने ।।
घुमिबुझ्ने समय जनमा, तिमी विर्सेर वस्ने ।
यस्तो चाला अब त भुलिदेऊ, चाहियो चैत घुस्ने ।।
कोशी छन् सल सल बहने, हेर्न आउ यहाँ कती छन् ।
पाखा पखेरा वन चहुर, खोज त्यहाँ के–के छन् ।।
आफैंलाई कति चोट, अती दुख्दो व्यथा छ ।
भनिदेउ सज्जन हो, यो यहाँ कहाँको कथा छ ।।
सुनकोशी, दुधकोशी, बलेफि बग्दछन्, सल सल ।
छन् निष्चल जल, पिउन लाएक कल कल ।।
जताततै पानी छ जमिन छन्, सवैतिर रहेछ बाँझो ।
सवैतिर विकासै विकास भन्छन्, लौन कस्ले बोली देला साँचो ।
जल श्रोतका धनि हो नेपाल हाम्रो देश ।
कतै छैन सफा एैले पानी पिउन लाएक यस ।।
जताततै पानी छ देख्नलाई अरूको नजरमा ।
सधैं दुःखी छन् खनपानी हाम्रो यस्तो ठूलो नगरीमा ।।
जुनै पार्टी दल–बल आएपनि, गर्ने छैनन् अरूको हित ।
सबै खान्छन् मिलीजुली दाजुभाई, दिने अरू दाताहरू सित ।।
भएखानेहरूले कहिल्यै छाडन सक्दैनन आफ्नो थलो ।
हुने खानेहरूले गर्न चाहँदैनन्, अरूको गर्नलाई कुनै पनि भलो ।
गरीबहरू जान्छन् कमाउन घरवार त्यागी खाडी ।
हुने खानेछन् लुकीलुकी सबै राख्छन् बाँधी भकारी ।।
धेरै तिमि नजोड सम्पत्ती एक दिन जानुछ ।
कुन्दिन र कुनबेला मात्रै बाँकी छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक