मायालु भावनाहरु सुटुक्क लेखिन्छ : निर्मलरमण पराजुली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
प्रेम कथा
लेखन चाहेर लेखिदैन
पुनर्जन्मको अधुरो गाथा
यस जन्म गाईन्छ
दुई अन्तर आत्माको आवाज
एक अर्काले सुनेपछि
जीवन प्रेममा तरङ्गिन्छ
तरङ्गको सुनामीले
हृदय हलचल गर्दा
नयनमा बाध लाउन
कहाँ सकिन्छ
साचो माया
दिलको डायरीमा
अमिट स्वर्ण शब्दले
मायालुको नाम खोपिन्छ
मायामा दुःख सुख भनिदैन
सम्पूर्ण दुःख सुख
एक अर्काको दिलमा समाइन्छ
समर्पण विश्वाश आस्थामा
दुबै जीवन
एक अर्कामा
उमङ्ग साथ सजाइन्छ
खुला किताब हो माया,
दुई अन्तर आत्मा को
जसले जहाँ चाहे पनि,
पढिन्छ
प्रेम अनुभुतिको उत्सर्गले
दुई आत्मा बिचको
प्रेम अनुराग
अधरमा सिचिन्छ
अविश्वासले जरा गाड्यो भने
प्रेममय जीवन
औसीको रातसङ्ग नापिन्छ
हृदयका हरेकपाना
खुला राख
कतिबेला मायालु भावनाहरु
सुटुक्क लेखिन्छ …!
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।