Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0744-scaled-e1616199738680.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0762-scaled-e1616200012411.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0765-scaled-e1616200125982.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0778-scaled-e1616200256472.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0769-scaled-e1616200313132.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0779-scaled-e1616200413418.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/DSC_0791-scaled-e1616200471990.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रिलायन्स कलेज नमुना राष्ट्रसंघिय सम्मेलन ( ReCoMUN) २०२१ शुरु

कपन अनलाइन 

काठमाडौँ, चैत्र ७ ।रिलायन्स कलेज चाबहिल सरस्वति नगरको  आयोजनामा रिलायन्स कलेज मोडल युनाइटेड नेसन (  ReCoMUN) २०२१  संचालन गरेको छ। चाबहिल स्थित के एल टावरको इम्पेरीयल ब्यन्केटमा फागुन ६ गते  शुक्रबार  बाट शुरु भएको सो कार्यक्रम फागुन ८ गते आइतबार सम्म चल्नेछ।  शुक्रबार उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्रि एबम नेपाली कांग्रेसका नेता डा. मिनेद्र रिजालले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

 

रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष  प्रिन्सिपल  रबिन्द्र जंग थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा  बिशेष अतिथिको रुपमा यु एन प्रतिनिधि रामबाबु शाह , नेबि  संघका  अध्यक्ष  मनोज  बैद्य , मिस नेपाल २०१५कि इभाना श्रेष्ठ लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल शिक्षक तथा बिद्यार्थीहरुको   उपस्थिति रहेको थियो ।

 संयुक्त राष्ट्रसंघले  निर्धारण गरेको लक्ष्यहरु जुन सन २०३० सम्म  प्राप्ति  गर्ने र त्यो प्राप्त लक्ष्यहरुको दिगो विकासको निम्ति बिद्यालय कलेज र विश्व बिध्यालय तह देखि नै चेतना विस्तार गरि  जिम्मेवार र जवाफदेहि  जन शक्ति  उत्पादन गर्ने उदेश्यले संयुक्त राष्ट्र संघको संरचनामा बिभिन्न  समितिहरु तयार गरिन्छ तर ReCoMUNमा आठ वटा समितिहरु गठन गरि  सो समितिका सहभागी   सदस्यहरुले बिभिन्न देशका प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने गरि   तत् तत् देशमा बिध्यमान समस्याहरु बिषयगत छलफलमा प्रस्तुत गरि अन्त्यमा साझा  सहमति तयार गरि निर्णय गराउने कार्य त्यस समितिका अध्यक्ष  र सह अध्यक्ष हरुले गर्ने गर्छन  ।

उक्त सम्मेलनको उदेश्य बिद्यालय तह देखि नै  बिद्यार्थीमा  नेतृत्व  विकास गराउने,  विश्व भाइचाराको अवधारणा प्रति सम्मान भाब प्रकट गराउने शान्ति,  समानता  दिगो विकास, सह अस्तित्व  ,समान वितरणको  भावना जागृत गराउदै  सद्भावपूर्ण  दृष्टिकोण सहित सुबिधामा  सबैको सर्वसुलभ पहुचको अवधारणा विकास गराउने  मुख्य उदेश्य रहेको  कार्यक्रम जानकारी   गराइएको थियो ।

ReCoMUN मा संयुक्त राष्ट्र संघ अन्तर्गत रहेका तथा अन्य बिभिन्न  समितिहरु मध्ये निम्न समितिहरु जस्तै FPN( Federal  parliament o Nepal) WHO ( world health organization) ECOFIN(  Econmic and financial Affairs ) UNWOMEN,DISCE ( Disarmament and security counsil) ,SOCHUM ( socail cultural and Humanitrarian Committee) ICC, (internatinal  cricket council )IPC (International pres council) लाइ तत् तत् समितिको अध्यक्ष मार्फत समूह विभाजन गरि बिश्व जगतमा बिध्यमान समकालीन समस्याहरु प्रति गहन छलफल , निचोड, निष्कर्ष, र समाधान पहिल्याएर बिश्व समानताका लागि रिलायन्स  कलेजले  नमुना राष्ट्रसंघिय समेलन संचालन गरेको समेत जानकारी गराइएको थियो ।

तीन चरणमा हुने उक्त कार्यक्रमको  शुक्रबार उद्घाटन  सत्र के एल टावरको इम्पेरीयल हलमा भएको थियो भने शनिबार चाबहिल सरस्वतीनगर स्थित रिलायन्स कलेजमा बिभिन्न आठ वटै समितिहरुले मुद्दा बिषय  र समस्याहरु प्रति  छलफल, प्रतिबेदन निर्माण र प्रस्तुतीकरण गर्नेछ भने ८ गते आइतबार  कल टावरको इम्पेरीयल  ब्यान्केटमा समापन सत्र हुनेछ ।

उदघाटन सत्रमा प्रमुख अतिथि  पुर्व मन्त्रि एबम नेपाली कांग्रेसका नेता डा मिनेद्र रिजाल, यु एन प्रतिनिधि रामबाबु शाह , नेबि  संघका  अध्यक्ष  मनोज   बैद्य  लगायतले कायक्रम सफलताको शुभकामना ब्यक्त गर्दै यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा नेतृत्व विकास गराउन सहयोग पुग्ने बताएका थिए ।उनीहरुले कलेजले नमुना कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गरेका थिए ।

कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष  प्रिन्सिपल  रबिन्द्र जंग थापाले  धन्यवाद ज्ञापन गर्दै  कलेजले पढाइ मात्र नभई अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीको चौतर्फी बिकासमा  ध्यान दिदै यस्ता कार्यक्रमलाइ प्राथमिकतामा राखेर आयोजना गर्दै आएको जानकारी गराएका थिए ।उनले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।