१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा साहित्य तथा अनुसन्धान केन्द्र उदघाटन
कपन अनलाइन
काठमाडौं ,फागुन २६।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “साहित्य तथा अनुसन्धान केन्द्र (LRC)”को उद्घाटन गरिएको छ । नेपाली साहित्य तथा अनुसन्धानलाई ठोस अध्ययन गरि अन्तर्राष्ट्रिय स्तरमा अझै ससक्त रुपमा चिनाउने उद्देश्यका साथ स्थापना भएको संस्थाको उदघाटन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याय, ‘प्रेक्षित’ ले गरेका थिए।
बुढानिलकण्ठ -१० ह्याप्पी किड्स मोंटेश्वरीमा भएको उक्त कार्यक्रममा विशिष्ट वक्ता, साहित्यकार, समालोचक तथा प्रा. डा. रमेश भटराईले देशको शिक्षामा अनुसन्धान पद्धतिको प्रभावकारी प्रयोग अति आवश्यक भएको विचार व्यक्त गर्दै आधारभुत कक्षा देखिकै शिक्षामा बालबालिकाहरुको तह सुहाउँदो अनुसन्धान विधि अपनाएर शिक्षा शिक्षण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
संस्थाका पदाधिकारीहरू:
१. रसिक सम्यक (अध्यक्ष)
२. तेज कुमारी लामिछाने (उपाध्यक्ष)
३. पूर्ण हाङ संयोक लिम्बु (उपाध्यक्ष)
४. सुधा मैनाली (महासचिव)
५. विष्णु प्रसाद पन्त (कोषाध्यक्ष)
६. मानव प्रजापति (सदस्य सचिव)
७. डा. जयन्ती रुपाखेती (सदस्य)
८. यशोदा मैनाली (सदस्य)
९ .ज्ञान सिं मगर (सदस्य)
१०. सञ्जय श्रेष्ठ (सदस्य)
११. प्रकाश फुब्बा (सदस्य)