ओखलढुंगा पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड,दलबल सहित पुगेका मन्त्रीले ताला खोले
कपन अनलाइन
ओखलढुंगा ,फागुन २६।
ओखलढुंगा जिल्लाको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ। प्रदेस नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको नेतृत्वमा गएको टोलीले कार्यालयमा लाएको ताला खोलेर कार्यालयमा बोर्ड राखेको हो।
नेकपा एमालेले निर्माण गरेको सो भवनमा पार्टी एकतामा विवाद आए संगै दुवै पक्षले तालाबन्दी गरेका थिए।मन्त्री गुरुङ संगै नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष मोहन श्रेष्ठ सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा बोर्ड राखेको एक सहभागीले जानकारी दिएका छन।
पछिल्लो समय नेकपा एमाले ओखलढुंगामा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र प्रदेस सभा सदस्य गुरुङ विच देखिने गरी राजनीतिक संघर्ष चलेको समयमा आउने दिन रोचक हुने बताउदै एक जिल्ला नेताले त्यसको संकेत कार्यालयमा बोर्ड राख्ने दिन नै देखिएको टिप्पणी गरेका। छन