चम्पादेवी गाउँपालिकामा १११ औ अन्तर्राष्ट्रिय नारि दिवस मनाइयो

चम्पादेवी गाउँपालिकामा १११ औ अन्तर्राष्ट्रिय नारि दिवस मनाइयो

कपन अनलाइन

ओखलढुंगा,फागुन २५।

चम्पादेवी गाउँपालिकामा १११ औ अन्तर्राष्ट्रिय नारि दिवस मनाइएको छ। चम्पादेवी गाउँपालिका महिला तथा बालबालिका शाखा र चम्पादेबि महिला आमा सञ्जालको सह आयोजनामा भएको कार्यक्रमको नारा महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालीको आधार रहेको थियो।

प्रेस युनियनकी  केन्द्रीय उपाध्यक्ष बाला अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा चम्पादेबि गापा अध्यक्ष नबराज केसी ,उपप्रमुख निर्मला देबि रैका , वडा अध्यक्षहरु अजय लुईटेल , बिष्णु पुलामि र बल ब तामाङ , निमित्त प्रमुख प्रशासकीय अधिकृत  प्रेम सुवेदी ,महिला सञ्जाल अध्यक्ष शोभा लुईटेल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा महिला हिंसा तथा महिला अधिकारका सम्बन्धमा जनचेतनामूलक गित तथा नृत्य प्रतियोगिता,म्युजिकल चियर र घैटो फोर्ने लगायत विभिन्न प्रतियोगिता का बिजेता तथा उपबिजेतालाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।