Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/1-kageshwori-foto-207706237-1024x768-1-e1614057935602.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा नगरस्तरीय बाल अधिकार समिति गठन

कपन अनलाइन

काठमाडौं,फागुन ११ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरस्तरीय बाल अधिकार समिति गठन गरेको छ । नगरपालिकाले नगर प्रमुख कृष्णहरि थापाको संरक्षकत्व र उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको संयोजकत्वमा १५ सदस्यीय नगरस्तरीय बाल अधिकार समिति गठन गरेको हो ।

नगरस्तरीय बाल अधिकार समितिको आज नगरपालिकामा बसेको बैठकलाई संबोधन गर्नुहुदै नगर प्रमुख कृष्णहरि थापाले नगरपालिका सबै बालबालिकाको हक अधिकार सुनिश्चित गरी नगरलाई बालमैत्री बनाउने उद्देश्यका साथ अगाढी बढेको जानकारी गराएका थिए ।बैठकमा कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङले बाल अधिकार समिति गठन प्रक्रिया र बालमैत्री घोषणाका लागि गर्नुपर्ने कार्यहरुको सम्बन्धमा जानकारी गराएकी थिइन् ।बैठकमा नगरलाई बालमैत्री नगर बनाउनका लागी गर्नुपर्ने कार्यहरुको सम्बन्धमा छलफल भएको थियो । बैठकमा नगर प्रवक्ता राजाराम पुडासैनी लगायत बाल अधिकार समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।