काठमाडौं महानगरपालिका वडा नं २० मा ताम्राकार आगँछेँको पुननिर्माण सुरु
कपन अनलाइन
काठमाडौं ,फागुन ११।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले ताम्राकार आगँछेँ पुननिर्माणको शिलान्यास गरेका छन । आज विहान मरु वुद्ध भगवान चोकमा आयोजना गरिएको कार्यक्रममा मेयर शाक्यले शिलान्यास गरेका हुन्।
शिलान्यास पछिको संक्षिप्त प्रतिक्रियामा मेयर शाक्यले गुठीयारले धानेको परम्परालाई सरकार सहभागी भएर विस्तार गर्न लागेको बताए । सम्पदा बचाउन जनस्तरबाट आएका सबै माग महानगरले ग्रहण गरेर मर्मत, सम्भार र पुननिर्माणका लगानी गरिरहेको उनको भनाइ थियो ।
उनले काठमाडौं महानगरपालिका वडा नं २० मा धेरै सम्पदा छन् । तिनीहरुलाई जोगाउने कामलाई वडाले पहिलो प्राथमिक कामका रुपमा अघि बढाएको छ । कार्यक्रममा वडाध्यक्ष राजेन्द्र मानन्धरले, महानगरको नीति र वडाको अगुवाईमा योजना कार्यान्वयन गरिएको बताएका थिए ।
७०५.४ बर्गफिट क्षेत्रफलमा निर्माण हुने आगँछेँ ३ तलाको हुनेछ ।आगँछेँमा शक्ति (महिला र पुरुष आलिङ्गन गरिरहेको देवताको मूर्ति) लाई मुल देवताका रुपमा पुज्ने गरिन्छ । यहाँ भगवान चोक आसपास बस्ने १८ परिवार ताम्राकारहरुले नित्य पूजा र दशैंमा विशेष पूजा गर्ने गरेका छन् । यस्तै परिवारका सदस्यहरुको जन्म दिनमा पनि पूजा आराधना गरिन्छ । आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन् । भैरवको मूर्तिलाई भने पारङ्गतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रुपमा गरिन्छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन