गजल : निर्मल रमण पराजुली

कपन अनलाइन

काठमाडौं ,फागुन ८ ।

गाँस बास कपास, गरीबको भाग्यमा परेको छैन
मेहनतीपाखुरा भएपनि, कहिले खुशी छरेको छैन

कृषिप्रधान देसका, कर्णधार किसानतिम्रो मुहारमा
दुईपलको खुशी, कहिले कसैले भरेको छैन

कुटो कोदालो बोकी, पाईला चाल्छौ उन्नतीपथमा
धन्य छौ तिमीउत्साह, जागर तिमीमा मरेको छैन

हिमाल पहाड तराइ, सिन्चित छ तिम्रो पसिनाले
कसैले पनितिम्रो, मेहनतको कदर गरेको छैन

कर्म गर फलको आशा, नराख भन्छ गीताले पनि
देशको सेवा गर नौजवान हो, अझै वेला टरेको छैन !

सहकार्य :कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।