मेरा पाँच मुक्तक : निर्मल रमण पराजुली
कपन अनलाइन
काठमाडौं ,फागुन १।
तिमीअनि जुन हाँसेको, रात उस्तै उस्तै लाग्छ
मेरो प्राण अनि तिम्रो, साथ उस्तै उस्तै लाग्छ
हिलो भित्र पनि सँधै, हाँसीहाँसी फूल्न सक्ने
तिमीअनित्यो कमलको, जात उस्तै उस्तै लाग्छ ।।१।।
निष्पट्ट यो जिन्दगीमा, तिमीले प्रेमदीप बालेपछि
मेरो साथमा सँगै जिउन, तिम्ले पाईला चालेपछि
कति खुशि भयो जीवन, भनि साध्य कहाँ छ र
मेरो घरमा तिम्रा हातका, चुरा बज्न थालेपछि ।।२।।
कस्तो होलाजीवन मेरो, तिमी साथमा हुँदाखेरि
मायाँगर्दै घरिघरि, तिम्रो हातले छुँदाखेरि
सुख हुँदा संसार साथमा, दुःख पर्दा को हुन्छ र ?
तिमी नै हौ आँशु पुछ्ने, यहाँ मैले रुँदा खेरि ।।३।।
छक्कै परुन् सारा संसार, त्यस्तो मायाँ गर्न सकुँ
जति जुनी पाए पनि, तिम्रै भागमा पर्न सकुँ
सत्यमायाँ गर्ने मान्छे, कस्ता हुन्छन् भन्दा खेरि,
मेरै नाम लिउन् सबले, यत्ति गरि मर्न सकुँ ।।४।।
तिम्रो सिन्दुर पोते भए, मलाई कुनै श्रृङ्गार चाहिँदैन
सुन चाँदिका गहना र, त्यो हिराको हार चाहिँदैन
मात्रै तिमी बगिदिनु, मेरो शरिरको नशा नशामा
त्यति भए मैले बाँच्न, कुनै रक्त संचार चाहिँदैन ।।५।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक