ओखलढुंगाको चिसङ्खुगढीमा नेकपा ओली पक्षको बृहत सभा सम्पन्न

कपन अनलाइन

ओखलढुंगा ,फागुन १।

ओखलढुंगाको चिसङ्खुगढीमा नेकपा ओली पक्षको बृहत सभा सम्पन्न भएको छ ।नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल , खानेपानी मन्त्री मणि थापा , प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राई , भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिर बाबु गुरुङ , नेकपा केन्द्रीय सदस्य किशोर अधिकारी ,बाल कृष्ण ढुंगेल ,सकुन्तला राज भण्डारी लगायतको उपस्थितिमा भएको सभामा चिसङ्खुगढी गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

नेकपामा देखिएको विवाद संगै जिल्ला कमिटीमा नया नेतृत्व चयन गर्दै संगठन विस्तार तथा परिचालन अभियानमा रहेको नेकपा ओली पक्षको बृहत सभामा बोल्दै वक्ताहरुले पछिल्लो राजनीतिक घटनाक्रम र नेता कार्यकर्ताहरुले खेल्नुपर्ने भूमिकाका वारेमा प्रशिक्षण प्रदान गरेका थिए।

ओखलढुंगा जिल्लाका ८ वटै स्थानीय तहमा खुल्ला सभा गर्दै आएको नेकपा ओली पक्षले जिल्लाका  गाउँपालिका र जिल्ला स्तरीय सभा सम्पन्न गरिसकेको छ।

 

तपाइँको प्रतिक्रिया ।