केपी बाको टोपी … (कथा)

केपी बाको टोपी … (कथा)

कपन अनलाइन

काठमाडौं ,माघ २४/पुन्यराज पुडासैनी 

ओहो रातको ९ बजिसकेछ कहाँ गयो होला ? आज झन् उसको खाना बनाउने दिन,सधै यस्तै गर्छ। म रिस र गुनासोले भरिएको मन लिएर चामल भिजाउन खोज्दै फर्दा एउटा हात्  भरि प्लास्टिकका पोका बोकेर बोकेर उ कोठा भित्र छिर्यो।

म पनि सरक्क चामल भाडामा राखेर खाटमा गएर पल्टिए,किनकी आज मेरो पालो थिएन। हरेक दिन प्रत्येक कपडा खोल्दा नेपालका प्रधानमन्त्री केपी ओलीलाई गाली बाट नै संवाद शुरु गर्दै मलाई एक दुई राजनीतिक किक दिएर कुराकानी शुरु गर्ने उ आज मौन छ। “केटाले आज ९ बजे सम्म बसेर सोच्दा पनि कुनै कुरा पाएनछ ,” म मनमनै हल्का खुसि पनि भए।

तत्कालिन गाविस अध्यक्ष  मेरा बाको ज्यादती विरुद्ध बिद्रोह भन्दै बन्दुक बोकेर हिडेको मेरो बाल्यकालको मित्र उ र उसैको कमान्डरको एक आदेसमा सर्वस्व हरण भएर मेरा बाको आँशु हेर्दै आन्तरिक शरणार्थी बनेको म करिव १ दशक देखि नियतिको खेललाई कारण बनाएर एउटा छाना मुनि बसिरहेका छौ।

त्यो दिन उ आँखा भरि आँशु पारेर कमान्डरको रवाफले थिचेको अन्यायपूर्ण निर्णयको शाक्षी बनिरहेको थियो । किनकी मेरा बाले आफ्नो पारिश्रमिक छात्रवृतिमा घोषणा गर्दाको उद्घोषक उही थियो अनि पुल नभएर स्कुल जादा  खोला तर्न तिन घण्टा हिड्नुपर्ने दुख उसले सुनाएको १ महिनामा पुल शिलन्यास कार्यक्रमको उद्घोषक पनि उ नै थियो। अनि मेरा बाले सदरमुकाम बाट ल्याएका दुई वडा चाइनिज कलम मध्ये एउटा बोकेर गाउँ भारी देखाउने पनि उही थियो। अनि समाज सुधारका लागि मेरा बा ले बुनेका हजार सपनाहरुको मलामी पनि उ बनिरहेको थियो।

“ओहो मेरो मित्र १० मिनेट नबोल्दा म त् कहाँ पुगेछु ।”

लुगा खोलेर,फ्रेस भएर आइ सक्दा पनि उ आज म संग बोलेको छैन,म पनि सब थाहा भए पनि नभए झैँ सौरभको लेख पढिरहेको छु। केहि समय अगाडी एउटा टेलिभीजन कार्यक्रममा सौरभले प्रधानमन्त्रीको प्रसंशा गर्दा उ निकै आक्रामक बनेर उनलाई केपी भक्तको बिल्ला समेत लगाउन भ्याएको थियो।

मैले पढिरहेको लेखक हरेक शव्दमा मेरो अतितका कथा नाचिरहेको बेलामा उ एक्कासी बोल्यो ,”केटा सुन्न आज सेलिब्रेसन गर्नुपर्छ ,मैले खानेकुरा र सामान लिएर आएको छु ।”

अरु बेला मेरो सेलिब्रेसनको प्रस्तावलाई कम्तिमा १ महिना झुलाएर अन्तिममा सहमति दिने उसले आफैले आज प्रस्ताव गर्दा एक दुई डाइलग दिन मन नलागेको हैन तर होस् किन माहौल बिगार्नु भनेर म चुपचाप बसे।

हरेक बसाइमा उसका लडाईका कथा (उसको लागि गौरव पूर्ण मेरा लागि त्रासदीपूर्ण ) र मेरा विस्थापनका कथा (उसका लागि क्रान्ति र मेरा लागि सजाय ) का वारेमा हामी जमेर बहस गर्ने गरेका थियौ । कहिले काही त् त्यो बहस निकै तुच्छ बनेर आरोप प्रत्यारोप र भोलि नै देखाइदिने अवस्था सम्म पुगेको पनि थियो। एक पटक त् उसले राति नै अर्को कोठा समेत तयार गरिसकेको थियो।

आज उसले कुनै शाव्दिक फायर  (उसकै भाषामा ) नखोलेकोले मैले उसलाई भने ,” कमरेड आज सेलिब्रेसनका लागि मेरो एउटा शर्त छ ।”

ठिक छ आज तेरो भाउ खाने पालो पनि आयो भन के हो ? उ बोल्यो ।

आज न युद्दको कुरा हुन्छ न त्रासदीको ,अलि फरक विषयमा कुरा गरौ है , मेरो प्रस्ताव थियो ।

उसले सब खानेकुरा तयार पार्यो ,मैले खाटमा पत्रिका ओछ्याउन खोज्दा उसले रोकेर भन्यो ,त्यहाँ फोहोर हुन्छ ,भुइँ मै बसौ ।

अव सेलिब्रेसन शुरु भयो ,चियर्स गरेर एक सिप पश्चात सम्बाद शुरु गर्ने उ आज अझै बोलेको छैन।मलाई पनि आज अनौठो लागिरहेको छ। पहिलो प्याक सकिदा होलेरी बाट गाम आक्रमण पुग्ने उ आज मोबाइलमा कुनै तस्वीरलाई फरक फरक तरिकाले एक टक हेरिरहेछ।

दोश्रो गिलास सकिदा मैले  उसलाई गफ बेचेर खाने र उसले मलाई अक्षर बेचेर खाने भन्दै आरोप लगाउने हामि आज मौन छौ । म उसले ल्याएको चिकेन रोस्टमा रमाइरहेको छु भने उ अझै त्यहि तस्वीरलाई नियालिरहेको छ। मलाई निकै उत्सुकता र असजिलो महसुस भइरहेको छ।

के हेरिरहेको केटा ,हुनेवाला भाउजु हो कि के हो ? मैले सोधे ।

हैन जीवनको त्यो संस्करणलाई मैले सल्लेरी आसपासको जंगलमा धेरै अगाडी पुरेर सलामी दिदै फर्किसकेको छु , तर नियति हेर एक पटक त्यो डाडाको विद्यालय संगै रहेको रुख मुनि मस्त निन्द्रामा निदाएकी उनलाई एक थुंगा फुल समेत चडाउन जान पाएको छैन, उ बोल्यो ।

अनि के हेरेको त् ? मैले सोधे ।

उसले टी तस्विर रहेको मोबाइल मेरो हातमा दियो र जब मैले उक्त तस्विर हेरे त्यहा प्रधानमन्त्री ओलीले आफ्नो टोपी फरक तरिकाले लगाउनु भएको थियो।

त्यसो भए आज दिनभर तेरो प्रमुख कार्य यो फोटोलाई कसरि उडाउने भन्ने मै गयो होला,भात पकाउदा समय पैदान होला भनेर बाहिर बाट ल्याएको होला हैन ? मैले एक व्यंग्य दिए। कमेडी छ है ,यो फोटो उसलाई एक किक पछिको सान्त्वना दिने सोचले मैले जिस्काए ।

हैन आज मेरो मनमा लागेको चिज (उसको आन्दोलनका एक पुराना नेताको शव्द ) सापटी लिदै उसले भन्यो , “यो टोपी लगाउने तरिकाले केवल यति हल्का कमेडी बोलेको छैन।”

१० वर्षमा आज पहिलो पटक उसले प्रधानमन्त्री प्रति गरेको यो नरम टिप्पणीले केहि राहत महसुस गर्दै उसलाई सोधे,”अनि के देखिस त् केटा यसमा त्यस्तो गम्भीर कुरा तैले।”

आज प्रधानमन्त्रीले टोपी लगाउने तरिका देखाउदै बोलिरह्दा उनका हरेक तरिका संग नेपाली समाजको एउटा वर्गको प्रतिनिधित्व र उनीहरु माथि भैरहेको सांकेतिक र सांस्कृतिक दमनको विषद कथा जोडिएको थियो। मैले त्यो बेला प्रधानमन्त्रीमा हाम्रो गाउँ दलजित मिझार देखि राममान परियार सम्म देखे अनि मिलाएको टोपी लगाएको भरमा हाम्रो घरको घ्यु र कुखुरा पचाउने त्यो श्रीध्वज सामन्ति सम्म देखे, आज उसको विषय मलाई रुची लाग्ने खालको थियो।

यो के ठुलो कुरा भयो त् म बोले ,”खाली पोलिटिकल जार्गन फलाकेर राजनीतिको खेलो फडको गर्दा सप्रिने यो मौसममा प्रधानमन्त्रीले पनि टोपीको तुरूप हान्दिनु भयो ,के ठुलो कुरा हो र ?”

तपाई यो टोपीको बिम्ब यति हल्का लागेको छ है,हुनत कति बेला ताली बनाउने भनेर पर्खीने त् जस्तो ताली चाकडीबाजलाई प्रतीकात्मक प्रस्तुतिको के मतलव ? उसले नराम्रो झटारो हान्यो।

अनि असतो बयल गाडा जुलुस भन्दै विराटनगरको साथीलाई फोन गरेर भाडाको जिम्मा लिने त संग मैले के भन्नु त् ? मैले पनि झटारो हान्दै आजको शर्त तोड्ने शुर सार गरे।

उ केहि बेर मौन बस्यो ,मैले केहि पन्च लाइन सोच्दै होला भन्ने ठाने ।

कुरा त्यस्तो हैन हेर केटा ,कहिले कहिँ आलोचनात्मक चेत राखेर विश्लेषण गर्नुपर्छ,उ बोल्यो।

मैले तेरो कुरा बुझिन , यो तस्विर र तेरो गम्भीरता संग के जोडिएको छ अनि यसलाई तेरो आलोचनात्मक चेतले के भनेको छ भन्ने पनि भेउ मैले पाएको छैन ,मैले एक सासमा भने ।

केहि बेर शान्त बसेर उ बोल्यो ,” एउटा मान्छे १४ वर्ष जेलमा बस्यो ,त्यस पछि पटक पटक केन्द्र भागमा रहेर महत्वपूर्ण जिम्मेवारीमा पुग्दै दुई पटक प्रधानमन्त्री सम्म बन्यो ,कतिले यस्तो बेला धरातल मात्र हैन वर्ग बिर्सेका छन,आफ्नो धरातल विर्सेर वर्ग रुपान्तरण गरेका छन, उनीहरुका शव्द र आचरणमा नव धनाढ्य र सामन्तको गन्ध आइरहेको बेला एउटा प्रधानमन्त्रीले त्यो भुइँ मान्छेको शिरमा देखिने टोपी संग उसका दुख तुलना गर्दा त्यसले कहिँ न कहिँ त् छुन्छ नि ।”

उ फेरी बोल्यो ,” आफ्ना जनताले लगाउने टोपीका कारण वर्ग विभेद सहनुपर्ने,टोपीको तरिकाले बाटो मुनि र माथि बस्ने कु संस्कारका वारेमा यसरि सुक्ष्म अध्ययन र बुझाइले ति टोपी पिडितलाई केहि न केहि सान्त्वना त् दिन्छ नि।”

“बाङ्गो टोपीका कारण बाटो मुनि बस्नुपरेको तेरो बा को अव्यक्त पिडा आज तेरो संवादमा झल्किरहेको छ” ,मैले उसको संवेदना कुरेत्ने  प्रयास गरे।

“मेरो बा खुसि थिए मैले बहिनीको मोबाइलमा पठाएको प्रधानमन्त्रीको फोटो हेर्दै आफ्नो संग दाजेरे ऐनामा हेर्दै” ,उसको मुहारमा आज निकै सन्तोष थियो।

फोटो हेर्दै बहिनीलाई भन्दै थिए रे ,” यतिको बुझेको मान्छेले पक्कै मेरो बांगीएको टोपीलाई सिधा बनाउछ भन्ने आशा पलायो,सिधा सपक्क मिलाएको टोपी लगाएर तिनै मान्छे लाई भेट्ने इच्छा छ र बाको,उसले मलिन श्वरमा सुनायो।

“मैले प्रधानमन्त्री पत्नी राधिका शाक्यको पहलमा नया जीवनका लागि दक्षिणकाली बाट उद्दार गरिएका तिन जना बालिकाहरुको कथा लेख्दा पब्लिसिटी स्टन्ट भन्थिस नि अनि एउटा पत्रकारको सामाग्री हेरेर जडिबुटी उद्योगीलाई प्रधानमन्त्रीले फोन गर्दा तलाई प्रचारवाजी भन्दा माथि केहि लागेको थिएन”, मैले थपे ति पनि जनताको कुरा उनीहरुका भाग्य र भविस्यका वारेमा सोच्नुपर्ने कुरा हुन्।

सामन्तिको प्रतिक भन्दै  दौरा सुरुवाल जलाएर क्रान्ति भन्दै त्यसैको आगो तापेको मलाई आज केपी बा (मलाई हेरेर आँखा झिम्काउदै ) को टोपीले हल्लायो ,उसले आज खुल्ला रुपमा बोल्यो।

ओहो १ बजेछ ,ल सुतौ बोलि मेरो डेटलाइन ,सल्लेरी छ ,बास पत्तालेमा ,तिन दिन पछि आउछु , मैले सुत्ने इशारा गर्दै भने।

त् छेउमा छस ,बत्ति त् निभा ,उसले आदेस दिदै ढल्कियो । मैले बत्ति निभाएको करिव २० मिनेट पछि उ उठ्यो ,बत्ति बाल्यो अनि दराज खोलेर उसले सामन्तको प्रतिक मान्ने टोपी निकालेर टेवलमा सपक्क मिलाएर राख्यो ,म निदाए झैँ गरेर त्यो टोपी एक टक हेरिरहे …….

सायद उ पनि यति बेला आफ्ना बा र केपी बाको शिरमा रहेको समान तरिकाको टोपी सम्झिदै सोचिरहेको होला …? (क्रमस )

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।