प्रधानमन्त्री ओलीका सपनाहरुलाई सफल बनाउनु मेरो राजनीतिक धर्म हो : मणिराज डंगोल
कपन अनलाइन
काठमाडौँ, पौष २९ । गत पौष ५ गते प्रतिनिधि सभा विगठन गर्ने सरकारको प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन भएपछि त्यसको पक्ष र विपक्षमा प्रतिकृयाहरू आइरहेका छन्। यस्तै विषयमा केन्द्रित रहेर टोखाका मणिराज डंगोल संग कपन अनलाइनका लागि विकल सापकोटाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
कपन अनलाइन : सरकारको संसद विगठन गर्ने प्रस्तावलाई राष्टपतिबाट अनुमोदन गरेपछि उत्पन्न पस्थितिलाई यहाँले कसरी लिनू भएको छ ?
मणिराज डंगोल :नेपालको राजनीतिमा परम्पराबादी सोच हावी भएको छ। किनभने झन्डै झन्डै मैले थाहा पाईकन संबिधान सभा समेत गरेर ४ पटक संसद विघठन भइसकेको छ ।
त्यसै कारण यो परम्पराबादी राजनीतिको पराकाष्ट हो भन्ने बुझेको छु । मैले यसमा कोहि नेता बिशेष भन्न चाहन्न जहासम्म परिस्थितिको कुरा छ नेतृत्वहरुले हामि जनताहरुलाई पनि भूगोल बिशेषमा अथवा नेपालको माटो सुहाउदो जनता बिशेष नीति तर्जुमा नगर्दा आयातित योजनाहरु र नीतिहरु मै बढी रमाउने गर्दा यो पेरिस्थिति सिर्जना भएको जस्तो लाग्छ । सत्तारुढ दल भित्रको आन्तरिक खिचतानीको कारणले आएको परिस्थिती हो। मलाई लाग्छ यसको निकास चाडै हुनेछ ।
कपन अनलाइन :संसद विगठनको मुद्धा अब सर्वोच्च अदालत पुगेको छ। दुबै पक्षले आफ्नो खेमामा निणर्य आउने दाबी गरिरहँदा यहाँलाई चाहिँ के लाग्छ ?
मणिराज डंगोल :यो चाहि हामि अब एक किसिमको जिम्मेवार नेताले भन्न त उपयुक्त त नहोला । तर मेरो भित्रि मनको कुरा भन्नु पर्दा कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेको जस्तो यो बास्तवमा राष्ट्रको लागि केहि पनि देखिदैन। जुन हामीले शुरुमा प्रशिक्षण कक्षा लिंदा खेरि शुरु शुरुमा राजनीतिमा होमिने क्रममा हामीले राजनीति गर्ने भनेको राष्ट्रको लागि समाजको लागि समृद्धिका लागि भने पनि बास्तवमा नै कसै संग पनि आकर्षित नभएको टच नभएको कारणले गर्दा पनि यसमा म केहि बोल्न चाहन्न ।
कपन अनलाइन :वर्तमान सरकारले गरेका कामलाई कसरि मूल्यांकन गरिरहनु भएको छ ?
मणिराज डंगोल :वर्तमान सरकार बाट धेरै काम भएको छ हामि गौरवान्वित भएका छौ। केपी सरकार प्रति किन भने प्रधानमन्त्रीले धेरै फेरिए दुइ तिहाइ होइन तीन तिहाई भन्दा बढी कांग्रेसको प्रधानमन्त्रीहरु भए कम्न्युष्ट पार्टीको प्रधानमन्त्री एक दम कम छन, बढी काग्रेसनै सत्तामा रह्यो तर केहि नभएको भनेर जनताहरु निरास भएको अवस्थालाइ केपी ओली को प्रधानमन्त्री कालमा हिजो हामि भारत संग मात्र नाकाको निर्भर हुन बाध्य थियौ ।
तर अहिले केपी सरकारले चीन संग पनि पारवहन सन्धि गर्नु भनेको नेपालको लागि ठुलो उपलब्धि हो। त्यसै गरि भूकम्पमा ढलेका संरचनाहरु पुनर्निर्माणले गति लिदैछ , देश सुरुंग युगमा प्रवेश गरेको छ । यातायात संचार र स्वास्थ्यमा पनि क्रमिक रुपले विकास हुदै गएको छ समय चक्र संग संगै नेपालको नक्सा बृद्दि गर्नु भूगोल विशेषमापनि धेरै योजनाहरु अघि सारिएको छ ।
कपन अनलाइन :काठमाडौं निर्वाचन क्षेत्र नं ५ जुहाबाट नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जित हासिल गरेसंगै भएका विकास निर्माणलाई कसरि हेर्नु भएको छ ?
मणिराज डंगोल :हामि काठमाडौं निर्वाचन क्षेत्र नं ५ बासि भाग्यमानि ठान्छौ किनभने भूगोलले पनि बिष्णु बुढानिलकण्ठ मन्दिर प्राचीन टोखा अहिले जुन नगरपालिका बाट संरक्षित क्षेत्र घोषणा गरिएको छ। प्राकृतिक धार्मिक र सस्कृतिको धनि ठाउ जसले लोकप्रिय सरकारको उप प्रधानमन्त्री जस्तो अनुभवी सक्षम ईश्वर पोखरेल नेता पाएको छ ।
यहाको विकास निर्माणका धेरै काम भएका छन, विष्णुमति करिडोर सपनतिर्थ कोरिडोरमा एकरुपताका घर निर्माण नीति समेत राखेर बिकासका योजनाहरु र बजेट हरु पनिमाग गरेका छौ । जसमा उप प्रधानमन्त्री इश्वर पोखरेलले व्यवस्थित किसिमले योजनामा अघि बढ्नु बजेटको अभाब नहुने र आफ्नो तर्फ बाट गर्न पर्ने सबै सहयोग रहने भनेका छन। सामान्य नेताहरु सम्म जनताको पहुच नपुग्ने भए पनि टोखाले ईश्वर पोखरेल जस्तो नेता पाएको छ जसले जनताको कुरालाइ मनन गरि विकास निर्माणको काममा सहजीकरण गर्दै आएका छन ।
कपन अनलाइन :पछिल्लो राजनीतिक घटनाक्रम र त्यो संग जोडिएर दुवै खेमाका नेता तथा कार्यकर्ताहरु अराजक आरोप प्रत्यारोप प्रतिबाद गरिरहदा यहालाइ कस्तो महसुश भइरहेको छ?
मणिराज डंगोल :पक्ष र विपक्ष भइसकेपछि दुवैले आफ्नो विषयमा वकालत गर्ने स्वतन्त्रता हामी सबैमा छ । सबैले आफ्नो तर्क राख्न पाइन्छ र राख्न सकिन्छ। यहिँ स्वतन्त्रताको लागि नै लामो आन्दोलन भएको हो । तर पनि पछिल्लो राजनीतिक घटनाक्रम र त्यो संग जोडिएर दुवै खेमाका नेता तथा कार्यकर्ताहरु अराजक आरोप प्रत्यारोपमा उत्रिदा खल्लो महसुस भैरहेको छ। यस्तो विभाजन विवाद र फुटले सम्पूर्ण आन्दोलन बाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको हुदा अराजक प्रतिबाद भन्दा पनि तार्किक र व्यवहारिक बहसको आवश्यकता देख्छु।
कपन अनलाइन :संसद बिगठन पश्चात यतिखेर नेकपाका सच्चा एवम् भावनात्मक सबै नेता-कार्यकर्ता सम्भवतः यस्तै बिलखबन्दमा छन दुवै खेमाले आफ्नो पक्षमा ल्याउन धेरै कसरत पनि गरिरहेका छन यस्तोमा यहालाई आफ्नो पक्षमा ल्याउन कतिको प्रभाब दबाब आयो ?
मणिराज डंगोल :हामि भूगोलमा राजनीति गर्ने नेता कार्यकर्ता भएको कारणले म भित्र देखि आत्माविश्वासी छु । म टोखामा जन्मेको मान्छे टोखाको माटोमा टेकेर र नै राजनीति गर्ने हो। म अहिले देशको भार टोखाको भूगोल बाट जति थेग्न सक्छ त्यति मात्र थेग्ने हैसियतमा राखेर तर्क गरेर राख्ने खट्ने हो।
टोखाको माटो बिर्सेर देशको समस्या सुल्झाउछु भनेर अपरिपक्व अव्यवहारिक हिसाबले परम्पराबादी राजनीतिमा म लाग्न चाहिन र अहिले सम्म मेरो पहिचान भनेकै टोखाकै माटोमा टेक्ने नेता हो भनेर चिनिने हुदा त्यसमा सम्पदा सस्कृति र टोखा भनेको प्राचिन बस्ति भएको यहाको भूगोलले सम्पदा सस्कृतिलाइ बढी महत्व दिन्छु ।
त्यसैलाई केन्द्रबिन्दु बनाएर कार्यक्रम बनाइरहेको हुदा मलाई नेताहरुले आफ्नो पक्षमा ल्याउन दबाब आए पनि मणिराजको स्वभावले गर्दा त्यसको असर परेन। आफ्नो टोखाको माटोको लागि कुन टिममा कति सक्रिय हुने आफुले छुट्याउनु पर्छ।
धेरै नेताको चाप्लुसी गरेर म तिम्रो प्यानल भनेर हूत्तेर दौडनुपर्ने आवश्यक पनि छैन ।म केहि समय तथस्ट बसे पनि २०६७ सालमा जिल्ला अधिबेसन हुँदा केपी ओली प्यानल बाट जिल्ला कमिटीमा आएको हु । अहिले पछिल्लो राजनीतिक गतिबिधिबाट निराश छु तर आफ्नो कर्तव्य र लाइनबाट विचलित छैन। म नेकपा केपी कमरेडकै टिममा बस्नु पर्छ भन्ने लागेको छ र त्यो मेरो राजनीतिक धर्म पनि हो ।त्यहा भित्र बसेर नै उहाको कमजोरीहरुलाई सुधार गर्ने दिशामा सहयोग गर्नेछु ।
कपन अनलाइन :नेकपामा भएको विवाद विभाजन र फुटले सम्पूर्ण आन्दोलन र उपलब्धिलाइ गुमाउने खतरा बढिरहेको छ त्यो गुम्न नदिन नेतृत्वलाइ के सुझाब दिनु हुन्छ ?
मणिराज डंगोल :अझै पनि खासै समय बितेको छैन, त्यस माथि पनि राजनीतिमा असम्भब भन्ने केहि हुदैन। त्यसले गर्दाखेरि नेताहरुको सद्बुद्दी छावोस र एकै ठाउमा बसेर एउटा राष्ट्रको चिन्तन होस ।त्यसको अग्रज नेताहरुले सबैले आ आफुले म म गरिकन एक ठाउमा बस्ने एउटा मंच बनाउनु भयो भने अझै पनि केहि पनि बिग्रेको छ जस्तो लाग्दैन मलाई, हामि आशाबादी छौ ।