जनप्रतिनिधिहरुको साथ नदिएपनि नगरवासीले पक्कै साथ दिनेछन :रबिन अधिकारी

जनप्रतिनिधिहरुको साथ नदिएपनि नगरवासीले पक्कै साथ दिनेछन :रबिन अधिकारी

कपन अनलाइन

काठमाडौं ,पुस २९।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले नेकपामा देखिएको विवादले सिर्जना गरेको  र पक्ष विपक्षको अवस्थामा जनप्रतिनिधिहरुले साथ् नदिए पनि नगरवासीले आफुहरुलाई साथ दिने बताएका छन।

नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पछिल्लो विवाद संगै अहिले स्थानीय तहका जनप्रतिनिधिहरु पनि प्रधानमंत्री केपी ओली र प्रचण्ड -नेपाल पक्षमा खुलेर प्रस्तुत हुन् थालेका छन।यसै क्रममा अहिले प्रचण्ड -नेपाल पक्षमा देखिएका नगर अध्यक्ष अधिकारीले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको अवस्थाका वारेमा टिप्पणी गर्दै उक्त कुरा बताएका हुन्।

बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये ११ वटा वडामा विजयी बनेको नेकपाका अधिकांश जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय बनेका छन नि यसको अशर के हुन्छ ?  भन्ने कपन अनलाइनको प्रश्नमा अध्यक्ष अधिकारीले जनप्रतिनिधि भन्दा पनि नगरवासी आफ्नो लागि महत्वपूर्ण भएको भन्दै उनीहरुको साथ र माया पाउने विस्वास रहेको धारणा राखेका छन।

नेपाली कम्युनिस्ट आन्दोलनले स्वर्णिम युगको उज्यालो राम्रो संग देख्न नपाउदै पार्टीमा विवाद आएर विभाजन उन्मुख हुन् निकै दुखद कुरा रहेको बताउदै  अधिकारीले आफुले कसैलाई आरोप प्रत्यारोप वा गाली गर्नु कम्युनिस्ट संस्कार नभएको धारणा राखेका छन।

बुढानिलकण्ठ नगरपालिकाका ६० भन्दा बढी जनप्रतिनिधि मध्ये प्रचण्ड -नेपाल पक्षमा एक अंकमा सिमित जनप्रतिनिधिको मात्र समर्थन रहदा यसले कस्तो अशर गर्ला भन्ने कपन अनलाइनको प्रश्नमा अध्यक्ष अधिकारीले पार्टीको संगठन र जनताको समर्थनका आधारमा आफु बलियो बन्ने बताउदै केवल जनप्रतिनिधिलाई शक्ति र सामर्थ्यको आधार बनाउनु नहुने धारणा राखेका छन।

वर्तमान समय निकै चुनौतीपूर्ण रहेको र एकै गन्तव्यका यात्रीले फरक फरक बाटो समाउनु दुखद रहेको भएपनि अझै नेपाली कम्युनिस्ट आन्दोलनमा एकताको सम्भावना जिवितै  रहेको बताउदै अध्यक्ष अधिकारीले सबैले आफ्नो स्थान बाट एकताका लागि दवाव दिनका लागि अपिल गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।