पाँचखालमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु

पाँचखालमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु
कपन अनलान
भक्तपुर, पुस २९।

काभ्रेपलान्चोक जिल्लाको  पाँचखाल नगरपालिका मा बस र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले जानकारी दिएका छन्।

सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौंतर्फ आउँदै गरेको बा२ख ६६०२ नम्बरको बस र बा६प ७८३४ मोटरसाइकललाई ठोकिएका थिए।

मोटरसाइकल चालक भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।