नदी जस्तै जीवन : प्रतिक शर्मा
कपन अनलाइन
काठमाडौं ,पुस ४।
कतिअवरोध हरु सँग जुध्दै, आफ्नै सुसेलीमा रम्ने तिमी
ठुला बिसाल पहाड देखि, बालुवा सँग मिल्न सक्ने तिमी
प्रकृतले दिएको जिम्मेवारी आत्मसाथ गर्दै, युग–युग सम्म
चल्ने तिमी
जिम्मेवारी ठूलो छ,
भित्रीप्यास देखी मयल सम्म धोई दिने तिमी
बटुवा को प्यास तिमी, जलचरको बास तिमी
किसानको आस तिमी, बालिनालिको सास तिमी
सिचिंत गर्छौ, विलाइ जान्छौ, फेरि आउने आस तिमी
न त आकार न रंग तिम्रो, सबै जस्तै बन्ने तिमी
औँप्रभूको कृपा दृष्टि, संसारको जीवन तिमी
थाक्ने छैनौ चिन्ताछैन निरन्तर यात्रामा छौ,
फिक्री छैन बिलाइ जान्छौ, बादलमा आउने तिमी
चक्रतिम्रो आश्चर्यको, जीवनको मूलतिमी
जीवनको मूल तिमी !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।