कोरोना भाइरस : बेनी थापा (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस ४।
मानिस–मानिसमा दुरी हुनप¥यो यस्तो अवस्था छ है,
छोरा–छोरी र बाबु आमाहरुले बुझ्नु परेको छ है ।
आपूm–आपूmमहाँपनि पर रहु, भेदभाव गरे भैm गरी,
रेडियो पनियहि भन्छ अहिले, संदेश छरे भैm गरी ।
डाँडा ई पहरा र फेरी छहरा फोरेर बाटोहरु,
हरियो वनलौ बनौःसदीहरु, मासेर विकासहरु ।
विकास खुब गरे मनुष्यहरुले अन्नादिमा के गरे,
पानीदुषितपिउनु पर्छ अहिले, खाद्यान्नताकम छरे ।
मानव धेरै भएर आजभूमिमा, गर्नु नगर्नु गरे,
प्राकृतिकनियमहरु सबमिची, दोहनअधिकै गरे ।
कोठा मै बसीआजमानवहरु, यो विश्व देख्ने भए,
नसुती सपना देखेर अबता, संसार बुझ्ने भए ।
साबुनपानीलगाई हातमिची–मिचीधुनु अति बेस हो,
सेनिटाईजर लाई फेरी हातमामल्नु पनि बेस हो ।
एघार चैत्रबाट लकडाउन भयो यो पन्ध्र दिनको पनि,
चुपलागि घरमा सबै बसी रह्यौँ बर्जित छ हिड्नु भनी ।
टोखा आठ महा त मानिसहरु घुमिफिर बन्दै छ है,
मोटर साईकल फेरी हिड्डुल पनिबन्दै भने हुन्छ है ।
आ–आफ्नो घर भित्रमानिसहरु बसी रहेछन् पनि,
हाम्रै निम्तिभनेर हामी सबैले बुझ्नु परेको छ नि
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक