विधुवा गुलाफ : तिलकराम पोखरेल

विधुवा गुलाफ : तिलकराम पोखरेल

कपन अनलाइन

काठमाडौं ,पुस ४।

जीवन सुन्दर छ मेरो
मेरो रङ्गीन मुस्कान देख्दा

कोमल छु म
जब कोमलपातहरू देख्छौ

आकार यौवनयुक्त छन् मेरा
तिम्रो प्यासीआँखाले हेर्दा

मेरा गुप्ताङ्ग र नग्धताले
तिमीलाई अन्धो बनाउन सक्छ

यी सबैलाई स्वीकार्न सक्छौ
महसुस गर्न चाहन्छौ
संभोग गर्न चाहन्छौ
तर …..
मेरो सुन्दरताको नजिकमा रहेको
मेरो अतितभनौं या अनुभव
मेरो पुराना घडि भनौं या तिता पन
सबैको गाँठो परेको
चुल्ठो परेको काँडालाई भने
छुन खोज्दैनौ किन ….?

यदिमलाई स्वीकार्नै छ भने
मेरो अनुभववाअतितलाई पनि
निसंकोच स्वीकार
म र मेरो अस्तित्व
म र मेरो परिचय
म र मेरो अस्मिता
म र म हुनुको चेतना
जोडीएको छ ….
म यसैलाई स्वभीमान सम्झन्छु…..
म यसैलाई अत्मविश्वासको
प्रेरणााको श्रोत सम्झन्छु

त्यसैले ओ मान्छे…..
मसँगबिताउनु छ भने
बिलाउननदेउ मेरा जीवनका
ती स(सानामूल्यवानचीजहरू
ती सबै मेरो श्रृङ्गार हो
काँडा बीना त म विधुवा हुन्छु
म विधुवागुलाफ हुन्छु …….

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।