कपन अनलाइन

काठमाडौं ,साउन १७।

मदन भण्डारी  फाउन्डेसन टोखा नगर कमिटीको आयोजनामा नेपाल कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिकरण विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य  कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा केन्द्रिय कमिटी सदस्य तथा बागमती प्रदेशका प्रदेश सभा सदस्य नारायण सिलवाल , बागमती प्रदेशका प्रदेस सभा सदस्य तथा मदन भण्डारी  फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौला , टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी , उप प्रमुख ज्ञानमाया डङोल लगायत अतिथि रहेका थिए।

मदन भण्डारी  फाउन्डेसन टोखा नगर कमिटीका अध्यक्ष बेखा नारायण डङोलको अध्यक्षतामा भएको सो विचार गोष्ठीमा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

काठमाडौं बसुन्धरा पार्टी प्यालेसमा भएको सो विचार गोष्ठीमा विभिन्न वक्ताहरुले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको योगदानको वारेमा चर्चा गर्दै आगामी कार्य भार र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका वारेमा धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।