नेकपामा अर्को केशरजंग रायमाझी जन्मिने खतरा बढयो : प्रदेस सभा सदस्य दिपक निरौला

नेकपामा अर्को केशरजंग रायमाझी जन्मिने खतरा बढयो : प्रदेस सभा सदस्य दिपक निरौला

कपन अनलाइन 

काठमाडौं ,साउन १७।

काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले नेकपाको पछिल्लो विवाद र प्रवृतिका कारण अर्को केशर जंग रायमाझी जन्मने खतरा पैदा भएको बताएका छन।मदन भण्डारी फाउन्डेसन टोखा नगर कमिटीले ४२ औ पुष्पलाल स्मृति दिवसको अवसरमा  आयोजना गरेको नेपालको कम्युनिट आन्दोलनको लोकतान्त्रिकरण विषयक विचार गोष्ठीमा निरौलाले सो धारणा राखेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले आफ्नो नीति अनुसार नेतृत्व गर्न नपाउदा कम्युनिस्ट आन्दोलन विभिन्न टुक्रामा विभाजन भएको स्मरण गर्दै सांसद निरौलाले उक्त समय नीतिका सम्बाहक भन्दा फरक नेता रहदा शैदान्तिक विचलन पैदा भएर केशर जंग रायमाझी जन्मिएको बताएका थिए।

जब नीति भन्दा फरक नेतृत्वले आउछ त्यसले कम्युनिस्ट आन्दोलनलाई मजबुत भन्दा पनि कमजोर बनाउने बताउदै सांसद निरौलाले अवको नेकपाको भावी शैदान्तिक यात्रा जनताको बहुदलीय जनवादको आलोकमा हुनुपर्ने धारणा राखेका थिए।

जनताको बहुदलीय जनवादलाई नेपाली कम्युनिस्ट क्रान्तिको मौलिक शिदान्तका रुपमा स्थापित गर्नका लागि प्रधानमन्त्री केपी ओलीको योगदानका वारेमा सविस्तार चर्चा गर्दै प्रदेस सभा सदस्य निरौलाले मदन भण्डारी फाउन्डेसनका गतिविधि माथि हुने गरेका टिप्पणी गलत रहेको बताएका थिए।

जनताको बहुदलीय जनवादको मूल मर्म अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको भन्दै तत्कालिन नेकपा मालेले २०४७ शालको संविधानमा राखेका २७ असहमतिका बुँदा २०७२ शालको संविधानमा समेटिएको धारणा राख्दै  प्रदेस सभा सदस्य निरौलाले नेकपाको शैदान्तिक मार्ग जबज हुनुपर्नेमा जोड दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।