स्वतन्त्र साकोस गोकर्णेश्वर-३ को ११ औ बार्षिक साधारण सभा सम्पन्न

स्वतन्त्र साकोस गोकर्णेश्वर-३ को ११ औ बार्षिक साधारण सभा  सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ ६ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औ बार्षिक साधारण सभा  सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम मा प्रमुख अतिथि काठमाडौ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य कृष्ण राई  रहेका थिए भने बिशेष अतिथिहरुमा प्रदेश सभा ख का सांसद रामेश्वर फुयाल ,गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल ,राष्ट्रिय सहकारी बोर्डका लेखा संयोजक कुल चन्द्र अधिकारी र  सदस्य  ज्ञान बहादुर तामांग , कस्कुन अध्यक्ष केशब दंगाल  रहेका थिए ।

त्यस्तै गरि अतिथिहरुमा  वडा सदस्यहरु शम्भु बहादुर  बिष्ट,  लक्ष्मी भण्डारी , लक्ष्मण तामांग गोले विभिन्न विद्यालयका प्रिन्सिपलहरु, विभिन्न सहकारीका प्रतिनिधि , गोकुल बिष्ट लगायत संस्थाका पदाधिकारी, शेयर धनि र बचत कर्ताहरुको उल्लेख्य उपस्तिथी रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष सुदर्शन थापा रहेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब जयराम बिष्टले गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले स्वागत मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा सुन्ताखान एकेडेमीका बिद्यार्थीहरुले  नृत्य प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रममा नव निर्वाचित प्रतिनिधि सभा सदस्य ,नगर प्रमुख ,उप प्रमुख लगयत निर्वाचित वडा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष सुदर्शन थापाले प्रस्तुत  गरेका  थिए भने लेखा  समितिको  प्रतिबेदन लेखा संयोजकले प्रस्तुत गरेका थिए।

सोहि कार्यक्रममा उत्कृष्ट ऋणी इन्द्र बहादुर फुयाल ,निता लिम्बु भएका थिए उत्कृष्ट बालबचतमा निमेष भण्डारी ,अनुष्का भण्डारी भए त्यस्तै गरि उत्कृष्ट बचत कर्ता शान्ति बिष्ट ,गङ्गा राम गिरि भएका थिए त्यस्तै गरि  जेस्ठ शेयर सदस्य राजिब बिष्ट लाइ समेत सम्मान गरिएको थियो भने रमेश प्रसाद भण्डारीलाई बिशेष सम्मान गरिएको थियो।

सोहि कार्यक्रम मा सम्मानित ब्यक्तिहरुको तर्फ बाट रमेश प्रसाद भण्डारीले आफ्नो मन्तब्य राखेका थिए। त्यस्तै गरि सोहि कार्यक्रममा विभिन्न बिद्यालय बाट  एस ई ई मा उत्कृष्ट ग्रेड ल्याउने ६ जनालाई समेत सम्मान गरिएको थियो। जसमा प्रज्वल बिष्ट, किरण बिष्ट ,निकिता लिम्बु ,सिम्रन बिष्ट ,आयुष ढकाल , प्रतिक ढकाल लाइ समेत सम्मान गरिएको थियो । त्यस्तै गरि संस्थाका विभिन्न शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा संस्था कि अजिता बिष्टले धन्यबाद ज्ञापन गरेकी थिइन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले सहकारीलाई   शुभकामना दिंदै सहकारीले उत्पादन मुलक क्षेत्रमा योगदान पुर्याउनु पर्ने चर्चा गरेका थिए ।उनले सहकारीले जनताको आर्थिक सामजिक स्थर वृद्धि गर्न पुर्याएको योगदानको प्रसंशा गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सांसद  रामेश्वर  फुयालले सहकारी भनेको नै सहकार्य अर्थात् एक आपसमा मिलेर काम गरौ भन्ने भावना जागृत गरुने भएकोले सहकारीले आर्थिक बिकासमा ठुलो योगदान रहेको बताएका थिए। उनले संस्थालाई अझ मजबुत  हुँदै ग्रामिण क्षत्र सम्म पुग्न पर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपलिकाका प्रमुख सन्तोष चालिसे ले सहकारीको अबधारणा भनेको यत्रतत्र छरिएर रहेकोलाइ एकीकृत गरेर समुहको उत्थानको लागि काम गर्नु हो भन्दै उनले ११ वर्ष अघि ५ हजार बाट सेयर वितरण गरेर  सुरु गरिएको संस्था आज सेयर पुंजी ५५ लाख पुगेको पढ्न पाउदा खुसि लागेको  बताए।

उनले आजको सहकारी ऐनले सम्पूर्ण सहकारीहरु सम्बन्धित नगरपालिका भित्र नै दर्ता गर्नुपर्ने नगरपालिका अन्तर्गत रहेर काम गर्नु पर्ने र केहि रकम सामाजिक उत्तरदायित्वको रुपमा खर्च गर्नुपर्ने कार्यक्रम आएको हुनाले अब गोकर्णेश्वर नगरपालिका भित्र २ सय भन्दा बढी सहकारीलाइ  एकै ठाउमा ल्याएर अगाडी जाने समेत बताएका थिए ।

सोहि कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपालले सहकारी लाई  धन्यबाद दिंदै प्रगतिको शुभकामना दिएकी थिइन्। उनले सहकारी मार्फत जनताको जीवन स्तर सुधार गर्ने खालका कार्यक्रम अघि बढाउनु पर्ने बताएकी थिइन ।

सोहि कार्यक्रममा संस्थाका कानुनी सल्लहकार गोपाल प्रसाद भण्डारीले ऋण उठे मात्र सहकारी सबल हुने भन्दै उठ्न बाँकी ऋणलाई उठाएर ऋण प्रवाह गर्दै संस्था अघि बढ्नु पर्ने बताएका थिए। उनले सहकारीका कानुनी प्रावधानको बारेमा अवगत गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।