तेश्रो कागेश्वरी पर्यटन महोत्सव फागुन ७ गते हुने

तेश्रो कागेश्वरी पर्यटन महोत्सव फागुन ७ गते हुने

कपन अनलाइन 

काठमाडौ,माघ ७।

तेश्रो कागेश्वरी पर्यटन महोत्सवको तयारी भएको छ ।हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको दिन हुने उक्त महोत्सव कागेश्वारी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उदेश्यले सुरु गरिएको हो।

कागेश्वरी मन्दिर परिसरमा सांसद क्षेत्र विकास कोषको रकम बाट २०० किलोको कागको प्रतिमा निर्माण गरि २०७४ शालको काग तिहारका दिन अनावरण गरिएको थियो ।

यस वर्षको महोत्सवमा स्थानीय स्तरका उत्पादन र कला संस्कृतिलाई प्रवर्धन गर्दै कागेश्वारी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गरि तयारी सुरु गरिएको आयोजकहरुले जनाएका छन ।

कागेश्वारी मनोहरा नगरपालिका वडा नं १ मा रहेको यो स्थान धार्मिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण रहेको छ ।

नेपालको पहिलो जान क्रान्ति भएको दिन फागुण ७ गते महोत्सव संचालन गर्ने गरिएको काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ का प्रदेस सभा सदस्य रामेश्वर फुयालले बताए । नेपाल सरकारले समेत उक्त दिनलाई बिर्सिएको बेलामा जनताको योगदानको कदर स्वरूप उक्त दिन छानिएको उनले बताए ।

त्यस क्षेत्रमा अर्को १ हजार किलोको कागको प्रतिमा निर्माणको लागि कवाड संकलन अभियान संचालन गरिएको छ ।स्थानीय हरुका घरमा रहेका काम नलाग्ने कवाड बाट उक्त प्रतिमा निर्माण गरिने आयोजकले बताएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।