दाङमा बसको ठक्करबाट मृत्यु

तुलसीपुर (दाङ), ९ मङ्सिर । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ७६९६ नम्बरको बसको ठक्करबाट आज घाइते भएका १८ वर्षीय सुमन नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

उक्त बसले उनलाई प्रातकालीन भ्रमणमा निस्केका बेला तुलसीपुर नगरपालिका–६ को हात्तीखौवा चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

यसैबीच, मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग गर्दै तुलसीपुर–घोराही सडकखण्ड अवरुद्ध पारेका छन् ।

तपाइँको प्रतिक्रिया ।