शीर्ष नेताहरुले इच्छा शक्ति देखाएमा सीमाङ्कनको मुद्दा सजिलैसँग टुङ्गिन सक्ने–पूर्व प्रम डा भट्टराई

तुलसीपुर (दाङ), १९ असोज । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई शीर्ष नेताले इच्छा शक्ति देखाएमा सीमाङ्कनमा मुद्दा सजिलैसँग टुङ्गिन सक्ने बताउनुभएको छ ।

आज दाङको लमहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै उहाँले शीर्ष नेताको इच्छा शक्ति नभएकाले सीमाङ्कनको विवाद टुङ्गोमा नपुगेको आरोपसमेत लगाउनुभयो ।

सात प्रदेशभित्र नै सीमा मिलाउन सकिने र अहिले समायोजन गर्न नसकेका जिल्लालाई सङ्घीय आयोगले टुङ्ग्याउन सक्ने उहाँको भनाइ थियो ।

असल छिमेकीले नाकाबन्दी गर्न नहुने भन्दै तत्काल फुकुवा गर्न भारत सरकारलाई आग्रह गर्नुभयो ।

डा भट्टराईले थारुले गरिरहेको आन्दोलन जायज रहेकाले संविधान संसोधन गरेर माग पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

आफू नयाँ राजनीतिक शक्ति बनाउन देशभर अभियानमा लागेको बताउँदै उहाँले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिलाई सङ्गठित गरी नयाँ राजनीतिक दल बनाउने योजना रहेको खुलासा गर्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।