एमालेमा नयाँ सङ्गठन नियमावली पारित

एमालेमा नयाँ सङ्गठन नियमावली पारित

काठमाडौंँ, १७ साउन । नेकपा (एमाले) को सङ्गठनसम्बन्धी संशोधित नियमावलीलाई पार्टीको केन्द्रीय सचिवालयले आज अन्तिमरुप दिएको छ । नवाँै राष्ट्रिय महाधिवेशनपछि नियमावली संशोधनका लागि केन्द्रीय कमिटी र स्थायी कमिटीले सचिवालयलाई जिम्मा दिएको थियो ।

पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । नयाँ नियमावलीमा केन्द्रीय विभाग, फाँट र अञ्चल कमिटीमा सदस्य मनोनयन, पार्टी सदस्यतालगायतका विषयमा नयाँ मापदण्ड बनाइएकोे छ । सो नयाँ व्यवस्थाबारे चाँडै पार्टीभित्र सर्कुलर हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।