भुकम्पले भत्काएको नौलीन सामुदायीक विद्यालयलाई, शैक्षिक सामग्री प्रदान

भुकम्पले भत्काएको   नौलीन सामुदायीक विद्यालयलाई, शैक्षिक सामग्री प्रदान

बुनपा ,२ साउन । गत बैसाख १२ गते गएको   भुकम्पले भत्काएको  चुनिखेलस्थित नौलीन सामुदायीक विद्यालयलाई समाजसेवी बालकृष्ण भट्टराईले ११५ जना विद्यार्थीहरुलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेका छन्  ।

Naulin_mavi

उक्त शैक्षिक सामग्री विद्यालयमा एक औपचारिक कार्यक्रम गरि प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्र नं ४ का क्षेत्रिय सभापति न्हुच्छे नारायण श्रेष्ठ थिए । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले भने – “म यसै विद्यालयको पूर्व विद्यार्थी भएको नाताले विद्यालयलाई भौतिक रुपमा बलियो बनाउन म कुनै कसर छोड्ने छैन र म मा अरूहरूको भन्दा धेरै काम गर्नुपर्ने नैतिक जिम्मेवारी पनि छ ।”

11347982_640972356004952_1033159251_o

कार्यक्रमा विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य राखेका थिए भने समाजसेवी बालकृष्ण भट्टराईलाई खादा ओडाएर सम्मानित गरिएको थियो। कार्यक्रममा समाजसेवी, शिक्षक, नागरिक समाज, स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

विद्यालयलाई केहि समय पहिला नेकपा एमाले बुनपा ११ का अध्यक्ष गोबिन्द कटुवालले २ लाख ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।