महाराजगञ्जमा चैत्र, बैशाख र जेठमा गरी १३३ वटा अपराध

महाराजगञ्जमा चैत्र, बैशाख र जेठमा गरी १३३ वटा अपराध

बुनपा-असार -१५ –महानगरीय प्रहरी वृत महाराजगञ्जमा चैत्र, बैशाख र जेठमा गरी १३३ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएकोे वृतले जनाएको छ । जसमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, सार्वजनीक अपराध लगायतका रहेका छन् । यस अवधीमा सबैभन्दा बढी सार्वजनीक अपराध शिर्षकमा करिव ६९ वटा मुद्दा दर्ता भएको सामाजीक प्रहरी सेवा बुढानिलकण्ठका प्रहरी उपरिक्षक कृष्ण कुमार चन्द बताउनुहुन्छ ।

 

20150629_090740 20150629_090904महानगरीय प्रहरी वृत महाराजगञ्ज, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायीक प्रहरी सेवा बुढानिलकण्ठले आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा उक्त विवरण प्रस्तुत गरिएको हो । सो अवसरमा स्थानीय अगुवा तथा राजनितीक दलका कार्यकताले समाजको सुरक्षा व्यवस्था प्रतिको चिन्ता, प्रहरीको आवश्यकता, प्रहरी प्रतिको गुनासो तथा प्रहरीले खेल्नुपर्ने भुमीका औल्याउदै समाज सुरक्षीत राख्न राय सल्लाह सुझाव प्रदान गरेका थिए ।

20150629_090804
कार्यक्रममा प्रमुख अतिथी महानगरीय प्रहरी वृत महाराजगञ्जका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै नायव उपरिक्षक भट्टराईले नागरीक सुनुवाई कार्यक्रमलाई व्यापक बनाउदै प्रत्येक टोल टोलमा अविच्छीन्न रुपमा सञ्चालन गर्दे प्रहरी र नागरिक समुदाय विच सुमुधुर सम्बन्ध कायम राख्दै समाजलाई अपराध मुक्त बनाउन लागी कुनै पनि कसुर बाँकी नराख्ने र सोका लागी होस्टेमा हैसै गर्न समुदायलाई अपिल गर्नुुभयो । सो अवसरमा भट्टराईले भुकम्प पश्चात जेल भत्कीदा विभिन्न अपराध मुद्दामा सजाय भोग्दै आएका अपराधीहरु आधा समय मात्रै जेल भुक्तान गरी पुनः समाजमा फर्केकाले अपराधीक क्रियाकलाप बढ्न सक्ने हुँदा आफ्नो घर छिमेकामा सो प्रति विशेष चनाखो रहनुपर्ने बताउनुभयो ।

20150629_095503

नागरिक सुनुवाइ कार्यक्रमको सञ्चालन बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी उपरिक्षक रविन्द्रराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रम गत सोमबार सामुदायीक प्रहरी सेवा बुढानिलकण्ठमा सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।