Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/06/Stone-crusher-for-sale-inNepal.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

क्रसर उद्योग सञ्चालनमा रोक

१५ असार । दर्ताबिना सञ्चालन भएको क्रसर उद्योगलाई काभ्रेपलाञ्चोकमा आज रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिना, प्रहरी उपरीक्षक पूजा सिंहलगायतको टोलीले स्थलगत अनुगमन गरी पनौतीमा सञ्चालन भएको सो क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो ।

Stone-crusher-for-sale-inNepal

क्रसर उद्योगबाट अवैध रुपमा ढुङ्गा निकासीको काम भएको जानकारी पाएपछि अनुगमनपछि सञ्चालनमा रोक लगाइएको स्थानीय विकास अधिकारी तिम्सिनाले बताउनुभयो । यसअघि दुईवटा ढुङ्गाखानीले मापदण्डबिना नै ढुङ्गा उत्खनन गरेको भन्दै सञ्चालनमा रोक लगाइएको थियो ।

तपाइँको प्रतिक्रिया ।