रियलका खेलाडीले लगाए ‘नेपाललाई सहयोग गरौ’ अंकित जर्सी (फोटोसहित)

रियलका खेलाडीले लगाए ‘नेपाललाई सहयोग गरौ’ अंकित जर्सी (फोटोसहित)

काठमाडौ, २८ बैशाख : स्पेनिस क्लब रियल म्याड्रिका पोर्जुगिज फरवार्ड तथा फिफा वर्ष खेलाडी क्रिस्चीयानो रोनाल्डोले नेपालमा आएको भूकम्प पीडितको लागि ७० लाख युरो सहयोग गरेसँगै स्पेनिस ला लिगाका शनिबार र आइतबारका खेलहरू नेपाललाई सहयोगको समर्पित रहे ।
RM-3
RM-1

लिगमा रियल म्याड्रिडले शनिबार घरेलु मैदानमा भ्यालेन्सियाबिरुद्धको उत्रिंदा ‘नेपाललाई सहयोग गरौं’ जर्सी लगाएर उत्रिएको थियो। टनेलबाट मैदानमा पुगेर हर्डल्ससम्म रियलले नेपालको सहयोगका लागि अपिल गरेको जर्सी लगाएको थियो।
RM-2

खेल २–२ को बराबरीमा रोकिएको थियो। त्यस्तै डिफेन्डिङ च्याम्पियन एट्लेटिको म्याड्रिडले लेभान्टेसँगको खेलमा पनि ‘नेपाललाई सहयोग गरौं’ जर्सी लगाएको थियो।
RM-5

यसअघि नो रोनाल्डोले महाभुकम्प पीडित नेपालीको सहयोगका लागि करिब ८० करोड ५० लाख रुपियाँ (७० लाख युरो) दिएका थिए । उनले ७० लाख युरो सेभ द चिल्डेनमार्फत पठाएका थिए । त्यसअघि, रोनाल्डोले अाफ्नो ट्वीटर एकाउन्टमार्फत सहयोगका लागि अपील गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।